यस्तो छ— गिरानचौर एकीकृत नमूना बस्ती, सिक्ने कि सरकारले पनि (सचित्र समाचार)

निर्माण सञ्चार, सिन्धुपाल्चोक । गरे के हुँदैन ? भूकम्प गएको १६ महिनामै गिरानचौरमा भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती बसाल्न कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सफल भएको छन् जबकि यो अवधिसम्म सरकारले भूकम्प अतिप्रभावित १४ जिल्लामा एउटा नमूना बस्तीको त कुरा परै जाओस्, एउटा सग्लो घर पनि ठड्याउन सकेको छैन ।

यसले सरकारी काम जनताप्रति कति उत्तरदायी छ भन्ने प्रश्न यठाएको छ । धुर्मुस(सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तान्तरण गरेपछि यसले नयाँ उदाहरण नै दर्ज गरेको छ ।

मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गरेकी हुन् ।

कलाकार मह जोडी ९मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि हस्तान्तरण कार्यक्रममा सरिक थिए भने हस्तान्तरण कार्यक्रम हास्यकलाकार मनोज गजुरेलले सञ्चालन गरेका थिए । तामाङ समुदायको यो बस्ती गत वर्ष वैशाख १२ को भूकम्पले ढालेको थियो।

६ महिनामै बस्ती निर्माण गरेर हस्तान्तरण गर्न सफल रहेका कलाकार जोडीबाट रज्यले के सिक्छ कुन्नि, तर जनस्तरमा पीडित जनता चाहिँ आफ्नो काम आफैं गरौं भन्ने सूत्रबाट प्रेरित नभए सरकारको मुख ताकेर त युगौंसम्म घर बन्लान् जस्तो लाग्छ थालिकसकेको सँगै जोडिएको तिवारी टोलका बासिन्दाको भनाइ छ ।

यो बस्ती बनाउन जनस्तरबाट संकलित ५ करोड रुपियाँ भन्दा बढीको लगानी भएको छ । एकै घरको लागत ८ लाख रुपियाँसम्मको पनि रहेको कलाकार जोडी बताउँछन् ।

यो बस्ती बसाउँदा स्थानीय जनश्रमदान, नेपाली सेनाको श्रमदानदेखि विदेशीहरुले समेत श्रमदान गरेका छन् ।

जबकि भूकम्प पीडितलाई सरकारले प्रदान गर्ने भनेको रकम ३ लाखले कस्तो प्रकारको घर बन्न टेवा पुग्ला सोचनीय विषय रहेको छ ।

‘सरकारले दिने रकम पनि अपुग हुने, आफूले पनि सोचेजस्तो घर बनाउन नसकिने हुँदा हामीहरु अन्योलमा परेका छौं । तैपनि सरकारले समयमै रकम उपलब्ध गराए त हुन्थ्यो, हामीकहाँ कागजी काम सेककै भयो ७ महिना, तर पैसा अझै आएको छैन,’ गिरानचौर तिवारी गाउँमा रामहरि तिवारीले दुखेसो पोखे ।

यस्तो छ हासिरहेको गिरान्चौर

निलो रंगको जस्ताले छाइएको आधा सेतो र आधा रातो रंग पोतिएको बस्तीका घर चिटिक्क छन्। प्रत्येक घरको पछाडी लिची र अनारका दुई बोट रोपिएको छ।

घरको आँगनमा फूलका दुईटै विरुवा रोपिएका छन्। प्रत्येक घरमा डेढ सय किलोवाटको सोलार प्यानल जडान गरिएको छ। सिँगो बस्तीमा बालबालिकालाई खेल्न बगैँचा र पिङसहितका सात चिल्ड्रेन पार्क छन्। आठवटा सार्वजनिक धारा र चारवटा सार्वजनक शौचालय बनाइएको छ।

बस्तीको बीचमा भव्य सामुदायिक भवन छ। सोलारजडित, चिल्ड्रेन पार्क, पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैँचाले सुसज्जित बस्ती पाँचवटा कुराले मैत्रीपूर्ण रहेको निर्माताको दाबी छ ।

जसमा बाल, अपांग, वातावरण, भूकम्प र पहिरोमैत्री गुणहरु रहेका छन् ।

तस्बिरमा हेरौँ एकीकृत नमुना बस्तीलाई —

...........

५ मंसिर, ०७३

 

प्रतिक्रिया

Related