२०१६ का लोकप्रिय-10-भिडियो

निर्माण सञ्चार, एजेन्सी । यु–ट्युबले सन् २०१६ का टपटेन भिडियोको सूचि सार्वजनिक गरे पछि यी भिडियोहरु हेर्नेहरु अझै बढ्न पुगेका छन् ।

भ्यूज, शेयर्स, कमेन्टस् तथा लाइक्स जस्ता आधारमा यु–ट्युबले टपटेन भिडियोको सूचि प्रकाशन गरेको हो । युट्युबका अनुसार यी १० वटा भिडियो समग्रमा ५५ करोड पटक हेरिएका छन् भने अढाइ करोड घण्टा हेरिएका छन् ।

ती यसप्रकार छन्—

१. चर्चित अमेरिकी टेलिभिजन पर्सनालिटी जेम्स कोर्डेनको टेलिभिजन शो कारपूल क्याराओक अन्तर्गत चर्चित गायिक एडेलसँगको भिडियो यो वर्ष युट्युबको सर्वाधिक लोकप्रिय भिडियो रह्यो ।

यो भिडियोलाई १३ करोड ६९ लाख भन्दा धेरैले हेरेका छन् । साथै यसले १७ लाख लाइक्स तथा ९८ हजार कमेन्ट प्राप्त गरेको छ ।

२ यु ट्युबमा सर्वाधिक लोकप्रिय भिडियोको दोश्रो स्थानमा जापानी कमेडियन गायक पिको टारोको प्यारोडी गीतको भिडियो पेन पाइनापल एप्पल पेन परेको छ । https://youtu.be/0E00Zuayv9Q?t=28 यो भिडियो ९ करोड ६७ लाखले हेरेका छन् ।

३ लोकप्रिय भिडियोको तेश्रो नम्बरमा एक बालक तथा एक वयस्क व्यक्तिले निकै विषालु मानिने र्याटल स्नेक जातको सर्पको पुच्छरका बारेमा वर्णन गर्दै तयार पारेको भिडियो रहेको छ ।
 

यो भिडियो ६ करोड भन्दा धेरैले हेरेका छन् ।

४ चौथो स्थानमा नाइक कम्पनीले विज्ञापनको रुपमा तयार पारेको भिडियो रहेको छ । फुटबलर क्रिस्टियानो रोनाल्डो लगायतका सेलिब्रेटीलाई देखाइएको यो भिडियो ५ करोड ७५ लाखले हेरिसकेका छन् ।

५ पाचौँ स्थानमा रियालिटी शो अमेरिकाज गट ट्यालेन्ट २०१६ अन्तरगत एक १२ वर्षीया गायिका तथा वाद्यवाधकको भिडियो परेको छ ।

 

यो भिडियो साढे ४ करोड भन्दा धेरैले हेरिसकेका छन् ।

६ लोकप्रिय भिडियोको छैटौँ स्थानमा पानीका बोतल अड्याउने शो अर्थात् वाटर बोटल फ्लिप इडिसनको भिडियो रहेको छ ।

यसलाई ४ करोड २५ लाखले हेरेका छन् ।

७ Channing Tatum & Beyonce’s “Run The World (Girls)” vs. Jenna Dewan-Tatum’s “Pony” | Lip Sync Battle शीर्षकको भिडियो यो वर्षको सातौँ लोकप्रिय भिडियो बनेको छ । तर यो नेपालमा यु ट्युबमा उपलब्ध छैन ।

यो भिडियो ३ करोड ७० लाखले हेरेका छन् ।

८ अमेरिकी व्यंग्यकार जोन ओलिभरको टक शो लास्ट विक टुनाइट अन्तरगत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको भिडियो यु ट्युबमा आठौँ सर्वाधिक लोकप्रिय भिडियो बनेको छ ।

यसलाई ३ करोड भन्दा धेरैले हेरिसकेका छन् ।

९ दुबईबाट अमेरिकाको न्युयोर्कसम्म इमिरेट्स इयरलाइन्सबाट यात्रा गर्दा २१ ह्जार डलर जहाज भाडा लाग्ने फस्ट क्लास सिट र त्यसमा भएका सुविधाहरु देखाउँदै तयार पारिएको एउटा भिडियो यु ट्युबमा सर्वाधिक लोकप्रिय भिडियोको नबौँ स्थानमा छ ।

यो भिडियो २ करोड ७० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

१० यु ट्युबको सर्वाधिक लोकप्रिय भिडियोको दशौँ स्थानमा दुई दाजुभाइँले आफ्नी बहिनीलाई भुतको डर देखाएर तर्साएको भिडियो परेको छ ।

यो भिडियो २ करोड २० लाख पटक हेरिएको छ ।

 

..........

२५ मंसिर, ०७३

 

 

 

प्रतिक्रिया

Related