मिथिलामा कुचीकर्मी बिकेका बुद्ध चित्र, मुस्कुराए यसरी !

कला क्षेत्रमा लाग्नेहरु निरन्तर बगिरहने झरना बन्न सक्नु पर्ने महाकवि देवकोटाको उक्ति
निर्माण सञ्चार, काठमाडौंजहाँ छन् बुद्धका आँखा ... ! बुद्धका दुइटा आँखाले न्याय अन्याय छुट्याइ हेर्छ ... भन्ने बोलका गीत र कविता बुद्धका स्निग्ध नयन हेर्दा छाती फुलेर आउने भाव हो ।

सायद यही भाव छचल्किएर आउँछ कुचीकार युवा कलाकार नरबहादुर बिके र उनका बुद्ध मूर्तिहरु र तिनका आँखाका भित्री भावहरुमा पस्ने हो भने ।

नरबहादुर बिके, जसको नाऊँ नै बुद्ध आर्ट सँग जोडिएर आउँछ । १२ औं एकल कला प्रदर्शनी मिथिला आर्ट ग्यालरी ठमेलमा शनिबारदेखि सुरु भएको छ ।

गायक तथा संगीतकार गुरुदेव कामतले एक समारोहका बीच उद्घाटन गरेका थिए समारोहको गीत संगीत, कवि र चित्रकारहरुको संगत र निरन्तरताले कला विधा माथि पुग्ने उनको भनाइ सहित ।

कला क्षेत्रमा लाग्नेहरु निरन्तर बगिरहने झरना बन्न सक्नु पर्ने महाकवि देवकोटाको उक्ति उनले सापट लिएर भने । बगिरहनका लागि बिकेलाई शुभकामना पनि दिएर ।

उनले अझै अघि बढेर भने, ‘यो निरन्तर लागिरहने गुण कलाकार बिकेमा देखिन्छ ।’ कार्यक्रममा कला समीक्षक मुकेश मल्लले हिमाल र बुद्धका मनमोहक दृश्यचित्रका माध्यमबाट नेपाल चिनाउनका लागि बिके नरबहादुरले निकै काम गरेको बताए ।

उनले बुद्धका चित्रमा मधुर मुस्कान र अनुयायीहरु बुद्ध मार्गमा हिड्न खोजिरहेका छन् । एसियामा झण्डै दुई हजार पहिलेदेखि नै कलाकारहरुले बुद्धका चित्र र मूर्तिहरु बनाउदै आएका छन् ।

अहिले प्रदर्शनीमा राखिएका बुद्धका चित्रमा बिकेले आफ्नै नेपाली शैलीमा उतारेको पाएको छु,’ बताए ।

प्रदर्शनीमा राखिएका बुद्धका चित्रलाई फरक फरक रङ प्रयोग गरेर फरक रुपमा प्रस्तुत गरेको कलाकार बिकेले बताए ।

उनका अनुसार उनी नेपाल प्रगति उन्मुख भएकोले बुद्धका चित्रमा मधुर मुस्कानलाई भर्न लालयित हुन्छन् । जसले नेपालको भविष्य उज्वल भविष्यको संकेत गर्छ ।

उनी भन्छन्, ‘म आफू पनि लुम्बिनी क्षेत्रको भएकाले पनि बुद्धको शान्तिको उपदेशलाई मनन गरी चित्रमा प्रस्तुत गरेको छु ।’

बुद्धका चित्रमा एकै किसिमको रेखा भएपनि भिन्न रङको संयोजनले गर्दा बुद्ध फरक फरक रुपमा देखिएको उनको दाबी छ ।

यो नै कलाकारको विशेष गुण मान्न सकिने बताउँछन् कलाकार डिराम पाल्पालीले ।

बिकेका चित्रमा विषय र प्रस्तुति निकै प्रभावशाली र गतिशील रहेको ग्यालरीका क्युरेटर तथा कलाकार श्याम सुन्दर यादवको प्रभाववादी आलोचना झर्छ ।

प्रदर्शनी २२ गतेसम्म रहने आयोजकले सबैलाई हेर्नका लागि स्वागत गरेको छ ।


..........

मंगलबार १९ पुस, ०७३

प्रतिक्रिया

Related