हेभिइक्विप्मेन्ट अपरेटर तालिम लिनुस् स्वरोजगार बन्नुस्

हेभिइक्विप्मेन्ट अपरेटर तालिममा महिलालाई छुटै छुट
निर्माण सञ्चार, काठमाडौंमोरङ अटो वक्र्स (जेसीबी) र युसेप नेपाल द्वारा सञ्चालित हेभी इक्विप्मेन्ट अपरेटर तालिम सेन्टर विगत ७ वर्षदेखि सञ्चालनमा छ । देशमा पनि हेभी इक्विप्मेन्ट अपरेटरलाई अवसर नै अवसर छ भन्ने बहस चलिरहेको छ भने विदेशमा पनि तालिम लिएर जाँदा राम्रो आम्दानी र इज्जत पनि पाइने भुक्तभोगीहरु बताउँछन् ।

महिलाहरुले समेत अवसरमा बदल्ने गरेको यो तालिममा महिलाकै लागि विशेष छुट समेत रहेको बताउने हेभिइक्विप्मेन्ट तालिम सेन्टरका प्रशिक्षक प्रमोद सत्याल, के भन्छन् त यो क्षेत्रका अपरेटरका अवसरबारे ? निर्माण सञ्चारमा हेभिइक्विप्मेन्ट सञ्चालन प्रशिक्षक सत्याल—

हेभिइक्विप्मेन्ट तालिम सेन्टरको स्थापना कहिले भएको हो ?

सन् २०१० को डिसेम्बर महिनामा भएको हो ।

कति जनाले अहिलेसम्म तालिम लिएत ?

करिब दुई हजार जनालाई तालिम प्राप्त बनाइ सकेका छौं हामीले ।

यो तालिम लिन आउनका लागि केके योग्यता हुनुपर्छ ?

यो तालिम सेन्टरले केही मापदण्ड तोकेको छ । ती मापदण्ड पूरा गर्ने कुनै पनि व्यक्तिले यहाँ आएर तालिम लिन सक्नुहुन्छ । कुनै पनि व्यक्ति १८ वर्ष पुगेको ६० वर्ष ननाघेको हुनु पर्दछ ।

त्यस्तै कक्षा ८ पास गरेको प्रमाण, नेपाली नागरिकताको प्रतिलिपी र ३ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ ।

तालिमको अवधि, विशेषता र शुल्कबारे पनि बताइदिनुस् न ?

हाम्रो तालिमको प्याकेज १ महिनाको हो । एक महिनामा कुनै पनि तालिम लिन आउने योग्य व्यक्ति फिल्डमा गएर काम गर्न सक्ने हामी बनाउँछौं ।

हामीले अहिलेसम्म स्काभेटर र व्याकहोलोडरको तालिम दिँदै आएका छौं ।

यसमा ब्याकहो लोडरका लागि २२,५०० रुपियाँ तिर्नुपर्ने हुन्छ भने स्काभेटरका लागि २५,५०० रुपियाँ तिर्नुपर्ने हुन्छ ।

नेपाली युवाको आकर्षण छ त हेभी इक्विप्मेन्ट तालिमका लागि ?

दिनप्रति दिन आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीमा जाँदा पनि हेभी इक्वीप्मेन्ट अपरेटर बनेर जाँदा मनग्यै आम्दानी हुँदो रहेछ ।

फेरि अवसर पनि उत्तिकै हुने हुँदा हाम्रो ट्रनिङ सेन्टरको क्यापासिटी अनुसार त दुई महिना देखि नै आफ्नो सिट सुरक्षित गर्नुपर्ने हुन्छ तालिमका लागि । हाल हामीले २५ जनाको कोटाको व्यवस्थापन गरेका छौं ।

तपाई मासिक २०—२५ जनाको दरले अपरेटर उत्पादन गरेको छु भन्नुहुन्छ, उता व्यवसायीहरु अपरेटर नेपालमा छैनन् भन्छन् त ?

हो, हामीले उत्पादन गरेका अपरेटरहरु फ्रेसर हुन्छन् उनीहरुलाई फिल्डमा गएर काम गर्न केही गाइडलाइनको जरुरी हुन्छ ।

व्यवसायी मित्रहरुले नेपालको भौगोलिक जटिलता भएको क्षेत्रमा गएर अनुभवी अपरेटरले जसरी काम गरोस् हाम्रो त लगानी भैसकेको छ नि भनेर हत्तपति फ्रेसर अपरेटरलाई अवसर नै दिनुहुन्न अनि फ्रेसर अपरेटर कसरी अनुभवी बन्न सक्छ ।

त्यस्तै नेपालमा हेभी अपरेटरको लाइसेन्स लिनका लागि पनि दुई वर्ष लाइट गाडी चलाएको अनुभव हुनुपर्ने भन्ने मापदण्डले गर्दा पनि तालिम प्राप्त अपरेटर विदेशीने प्रवृति बढी छ ।

कुनै झन्झट पनि नहुने आम्दानी पनि राम्रो हुने भएकाले वैदेशिक रोजगारीमा अपरेटरको आकर्षण बढ्दो छ ।

महिला अपरेटर पनि त हुनुहुन्छ होला नि होइन ?

हुनुहुन्छ । महिलाहरु पनि मैले केही गर्नुपर्छ पढाइ नभए पनि म समाजमा केही गर्न सक्छु भन्ने महिला दिदी बहिनी यहाँबाट तालिम प्राप्त गरी सकेपछि सरकारी कार्यालय, आर्मी अफिस तथा नेपाल प्रहरीमा रहेर अपरेटरको जिम्मेवारी सम्हाली रहनु भएको छ ।

अपरेटर बन्न आउने व्यक्तिले आफ्नो पूर्व तयारी र त्यसको कार्य क्षेत्रका बारेमा जानकारी लिएर आउन जरुरी हुन्छ ।

लहलहैमा आउने केही साथीहरु फिल्डमा आएर तालिम सुरु गर्दा नै आत्म विश्वासको कमीले तालिम पनि पूरा गर्न नसक्ने केही साथीहरु हुनुहुन्छ । हामीले महिला अपरेटरका लागि प्रोत्साहन स्वरुप तालिममा नै ७५% सम्मको छुटको व्यवस्था मिलाएका छौं ।

तपाईंले तालिम प्राप्त अपरेटरको वैदेशिक रोजगारीमा आकर्षण छ भन्नुभयो अनि नेपालमा लाइसेन्स लिन कठिन भएको अवस्था छ पनि भन्नुभयो यो कस्तो अवस्था हो ?

हो देशमा रोजगारीको पर्याप्त नहुनु र भएको ठाउँमा पनि सम्मान नभएका कारण गर्दा तालिम प्राप्त व्यक्तिहरु वैदेशिक रोजगारीको प्रिफर डिमान्डका आधारमा विदेशीने प्रवृत्ति छ भने कति चाँहि आफन्त भएको ठाउँमा नै सम्बन्धका कारणले पनि जाने गरेको मेरो जानकारीमा छ ।

हेभी अपरेटरका लागि २ वर्ष लाइट गाडीको अनुभव हुनै पर्ने भन्ने लाइसेन्स दिलाउने सरकारी अधिकारीहरुबारे तपाईको धारणा के छ ?

हाल हेभी इक्वीप्मेन्टमा पनि विभिन्न अत्याधुनिक मेसीन नेपालमा पनि विभिन्न कम्पनीले भित्तयाएका छन् । लाइट गाडी चलाएको दुई वर्षको अनुभवलाई निरन्तरता दिनु अलि वैज्ञानिक भएन कि भन्ने लाग्छ ।

सवारी साधन चलाउने कुरा अनुभवका आधारमा भन्दा पनि व्यक्तिसँगको क्षमतामा भर पर्ने कुरा हो । यो प्रशासनिक या अप्राविधिक क्षेत्रमा जस्तो अनुभवलाई नै आधार मान्नुपर्ने क्षेत्र हो जस्तो मलाई लाग्दैन तर अपरेटर काममा रहँदा धेरै नै जनाखो र सजग बन्नुपर्ने हुन्छ ।

राज्यले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पनि सहजै लाइसेन्सको व्यवस्था गरी दिने हो भने पो उसले रेमिट्यान्समा पनि बढी योगदान दिन सक्छ ।

यदि केही व्यक्ति हेभी इक्विप्मेन्ट अपरेटरको तालिम लिन चाहन्छ भने तपाई उसलाई कस्तो सुझाव दिनु हुन्छ ?

सर्वप्रथम त तपाई अपरेटरको तालिम लिएर नेपालमा नै या विदेशमा काम गर्न चाहनुहुन्छ त्यो विषयमा प्रष्ट सोच बनाउनुहोस् ।

तपाईं बाहिर जिल्लाबाट आउँदै हुनुहुन्छ भने कुनै व्यक्ति वा अन्य कम्पनीको भर नपर्नुहोस् । तपाई ठगिन सक्नु हुन्छ त्यसैले सिधैं हामीलाई आएर भेट्नुहोस् वा सम्पर्क गर्नुहोस् ।

हाम्रो कार्यालयको नं १६६३०३८८ वा ९८४१४७७४६९ मा सम्पर्क गरेर आफ्नो उज्वल भविष्यका लागि अघि बढ्नुहोस् ।

 

...........

बुधबार २० पुस, ०७३

 

प्रतिक्रिया

Related