घर बनाउन बैंकबाट ऋण लिनेहरुलाई महत्त्वपूर्ण जानकारी— कुन बैंकको कति छ ब्याजदर ?

राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा कुल मुल्याङ्कनको ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था छ
निर्माण सञ्चार, काठमाडौं || जिन्दगी भरको कमाई जम्मा गरेर मानिस घर बनाउने सपना पाल्छ । नेपालका बैंकहरु पछिल्लो पटक उद्यमतिर भन्दा पनि घर र अटो लोनतिर बढी केन्द्रित छन् ।

घर बनाउनेहरुलाई घरजग्गा सम्बन्धी सस्तो र सुलभ ब्याजदरमा ऋण दिन्छु भन्ने बैंकहरुको कमी छैन । तर कुन सस्तो छ कुन महँगो ? भन्ने कुरा उनीहरुको ऋण प्रावधान नहेरी कसरी जान्ने ?

घर बनाउँछु भन्ने बित्तिकै पैसाकै कुरा त आउँछ । त्यसमा पनि राजधानीमा त सानो चार काठे घर बनाउन सुरु गर्छु भन्ने बित्तिकै ३० लाख घटी कामै नथाले हुन्छ नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले घरका लागि ऋण उपलब्ध गराउँदै आएका छन् ।

ग्राहकसँग विभिन्न सर्तका सम्झौताका आधारमा बैंकहरुले लामो समयसम्मका लागि पनि कर्जा उपलब्ध गराउने गरेका छन् । ब्याजदर भने सर्त र समय अनुसार थोरै वा धेरै हुन सक्छ ।

छोटो अवधिका लागि थोरै र लामो अवधिका लागि ब्याजको अनुपात पनि धेरै लगाएका छन् बैंकहरुले ।

राष्ट्र बैंकको नीति र बैंकहरुको दर

राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा कुल मुल्याङ्कनको ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था छ।

नेपालमा रहेका बैंकहरुले जारी गरेको घर कर्जाको तथ्याङक हेर्दा एभरेष्ट बैंकले सबैभन्दा सस्तो अर्थात् ७ दशमलव ५० प्रतिशत ब्याजदरसम्ममा कर्जा उपलब्ध गराइरहेको देखिन्छ भने सिटिजन्स बैंकले सबैभन्दा बढी अर्थात् १७ प्रतिशतसम्म पनि ब्याजदर लिएको देखिन्छ ।

नेपालमा रहेका २८ वाणिज्य बैंकले घर कर्जामा लगाउने ब्याजदर निम्नानुसार छ—

१ नेपाल बैंक लिमिटेड

५ वर्ष ८ दशमलव ५० प्रतिशत

१० वर्ष ९ दशमलव ५० प्रतिशत

१५ वर्ष १० दशमलव ०० प्रतिशत

नेपाल लक्ष्मी होम लोन

अधिकतम १० बर्षको ७ दशमलव ९० प्रतिशत

एन बि एल प्रोफेस्नल होम लोन

७ दशमलव ९०

२ राष्ट्रिय वाणिज्य बैंक

प्राइम ९ दशमलव ०० देखि १० दशमलव ०० प्रतिशत

जेनेरल १० दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत

३ कृषि विकास बैक

५ वर्ष ९ प्रतिशत १० वर्ष १० प्रतिशत

१५ वर्ष ११ प्रतिशत

कमर्सियल भवन निर्माणको लागि १० दशमलव ५० प्रतिशत

४ सेञ्चुरी बैंक १० वर्ष सम्म

प्राइम ८ दशमलव ५० देखि १० दशमलव ५० प्रतिशत

अन्य ११ दशमलव ५० देखि १३ दशमलव ५० प्रतिशत

१५ वर्ष सम्म प्राइम ९ दशमलव ०० देखि ११ ०० प्रतिशत

अन्य १२ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत

२५ वर्षसम्म ९ दशमलव ५० देखि ११ दशमलव ५० प्रतिशत

अन्यमा १२ दशमलव ५० देखि १४ दशमलव ५० प्रतिशत

५ सिटिजन बैंक ८ देखि १७ प्रतिशत

६ सिभिल बैंक

५ वर्ष सम्म ९ दशमलव ४९ प्रतिशत

१० वर्षसम्म १० दशमलव ४९ प्रतिशत

१५ वर्षसम्म ११ दशमलव २४ प्रतिशत

२० वर्षसम्म १२ दशमलव २४ प्रतिशत

२५ वर्षसम्म १३ दशमलव २४ प्रतिशत

७ बैंक अफ काठमाण्डु लुम्बिनी

प्राइम ८ दशमलव ५० स्ट्यार्डड ९ दशमलव ५०

अन्य ११ दशमलव ५०

८ एभरेष्ट बैंक हाउजिङ लोन

७ दशमलव ५० देखि ११ प्रतिशत

९ ग्लोबल आइएमई बैंक

१० वर्षसम्म प्राइम ८ दशमलव ५ देखि ९ दशमलव ५ प्रतिशत

अन्य १० देखि ११ प्रतिशत

१० वर्षभन्दा माथि प्राइम ९ देखि १० प्रतिशत

अन्य ११ देखि १२ प्रतिशत

१० हिमालयन बैंक

१० वर्ष सम्म ८ दशमलव ०० देखि १० दशमलव ५० प्रतिशत

१० वर्ष भन्दा माथि ८ दशमलव ५० देखि ११ दशमलव ०० प्रतिशत

११ जनता बैंक

१५ वर्षसम्म प्राइम ८ दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत

स्टायण्डर्ड ११ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत

१५ वर्षभन्दा बढी प्राइम ९ दशमलव ०० देखि १२.०० प्रतिशत

स्टाण्डर्ड १२ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत

१२ कुमारी बैंक

९ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत

१३ लक्ष्मी बैंक

८ देखि ११ प्रतिशत

१४ माछापुच्छ्रे बैंक

स्टायण्डर्ड  ९ दशमलव ००

नर्मल ११ दशमलव ००

र अन्य १४ दशमलव ०० प्रतिशत

१५ मेगा बैंक

५ वर्षसम्म ८ दशमलव ०० देखि १२ प्रतिशत

१० वर्षसम्म ८ दशमलव ५० देखि १३ प्रतिशत

१५ वर्षसम्म ९ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत

२० वर्षसम्म १० देखि १५ दशमलव ०० प्रतिशत

१६ नबिल बैंक

प्राइम ७ दशमलव ९९ देखि ९ दशमलव ९९ प्रतिशत

अन्य १० दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत

१७ एनसीसी बैंक

५ वर्ष सम्म स्टाण्डर्ड ८ अन्य ९ प्रतिशत ५ वर्ष देखि १० वर्षसम्म ८ दशमलव ५० स्टाण्डर्ड १० दशमलव ५०

अन्य प्रतिशत १० वर्षभन्दा माथि स्टाण्डर्ड ९ दशमलव ००

अन्य ११ दशमलव ०० प्रतिशत

१८ नेपाल बंगलादेश बैंक

१० वर्षसम्मको ९ देखि ११ प्रतिशत १० वर्षभन्दा माथि ९दशमलव ५० देखि ११ दशमलव ५० प्रतिशत

१९ नेपाल इन्भेष्टमेन्ट बैंक

कर्पोरेट ८ देखि ९ प्रतिशत, स्टाण्डर्ड १० देखि ११ प्रतिशत

२० नेपाल एसबिआई बैंक

८ दशमलव ५० देखि ११ दशमलव ५० प्रतिशत सम्म

२१ एनआइसि एसिया बैंक

५ बर्षसम्म ८ दशमलव ०० प्रतिशत

२२ एनएमबी बैंक

१५ वर्ष सम्म प्राइम ७ दशमलव ६६ देखि ८ दशमलव ५० प्रतिशत सम्म

स्टाण्डर्ड १० दशमलव ५० प्रतिशत

अन्य १३ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत

१५ वर्षदेखि २५ वर्षसम्म प्राइम ८ देखि ९ प्रतिशत सम्म

स्टाण्डर्ड १२ दशमलव ०० प्रतिशत, अन्य १४ दशमलव ०० प्रतिशत ।

२३ प्रभु बैंक

५ वर्षसम्म ८ दशमलव ९९ देखि ९ दशमलव ४९ प्रतिशत ५ देखि १० वर्ष सम्म ९ दशमलव २४ देखि १० दशमलव ०० प्रतिशत १० देखि १५ वर्षसम्म ९ दशमलव ४९ देखि १० दशमलव ५० प्रतिशत १५ देखि २५ वर्षसम्म ९दशमलव ७४ देखि १२ दशमलव ५० प्रतिशत कम मुल्य हाउजिङको लागि ११ दशमलव ५० देखि १५ प्रतिशत अन्य ११ दशमलव ५० देखि १५ प्रतिशत

२४ प्राइम कमर्सियल बैंक

५ वर्ष सम्मको लागि ९ दशमलव ०० देखि १२ दशमलव ०० प्रतिशत

१० वर्षसम्मको लागि ९ दशमलव २५ देखि १२ दशमलव ५० प्रतिशत

१५ वर्षसम्मको लागि ९ दशमलव ५० देखि १३ प्रतिशत

२० वर्षसम्मको लागी ९ दशमलव ७५ देखि १३ प्रतिशत

घर मर्मतको लागि १० दशमलव ०० प्रतिशत

२५ सानिमा बैंक

९ दशमलव ५० देखि १३ दशमलव ०० प्रतिशत

२६ सिद्धार्थ बैंक

प्राइम ८ दशमलव ५ देखि ९ दशमलव ५ प्रतिशत

अन्य ११ देखि १२ दशमलव ५ प्रतिशत

२७ स्टाण्डर्ड चार्टड बैंक

प्राइम ७ दशमलव ५० प्रतिशत, स्टाण्डर्र्ड ८ दशमलव ५० प्रतिशत

र अन्य ८ दशमलव ७५ प्रतिशत

२८ सनराइज बैंक

५ वर्षदेखि २० वर्षसम्म ८ दशमलव ५० देखि १३ दशमलव ०० प्रतिशत

........................

बिहीबार, २८ पुस, ०७३

 

प्रतिक्रिया

Related