यमबुद्धको शव नेपाल ल्याइने

निर्माण सञ्चार, काठमाडौं|| चर्चित र्यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल ल्याइने भएको छ । बुधबार भएको पोष्टमार्टम रिपोर्ट पछि शवलाई नेपाल नै पठाउने तयारी गरिएको छ ।

लन्डनस्थित नर्थ्विक पार्क हस्पिटलले शवको पोस्टमार्टम गरेको थियो । अस्पतालले सोमबार परिवारलाई सम्पर्क गर्दै पोष्टमार्टम सकिएको र रिपोर्ट पठाएको जनाएको थियो ।

परिवार स्रोतका अनुसार पोष्टमार्टम रिपोर्ट अझै हात नपरेकाले आधिकारिक तथ्य बाहिर आएपछि शव नेपाल लैजान कानुनी प्रक्रिया सुरु गरिनेछ ।

गत शनिबार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षे चर्चित गायकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

लन्डनस्थित प्रहरी प्रवक्ताले घटना ‘गैरशंकास्पद’ भएको उल्लेख गरेका थिए । उनको मृत्यु खबरले लाखौं प्रशंसकलाई दुःखी तुल्याएको थियो।

.........

बिहीबार, ६ माघ, ०७३

प्रतिक्रिया

Related