भूकम्पको २० महिना पछि— भक्तपुरका पीडितलाई पहिलो किस्ताको रकम वितरण आजदेखि

निर्माण सञ्चार, काठमाडौं । भूकम्प गएको २० महिना पछि भक्तपुरका पीडितलाई पहिलो किस्ता स्वरुप ५० हजार रुपियाँ प्रदान गरिने प्रक्रिया सुरु भएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामध्ये बाँकी काठमाडौं, भक्तपुर तथा ललितपुरका पीडित परिवारले प्राप्त गर्न सकेका छैनन् । समयमै वितरण नभएको भन्दै व्यपक विरोध आएपछि सरकारले भक्तपुरबाट वितरण कार्य शुरु भएको हो । तथ्याङक अनुसार भक्तपुरमा २५ हजार परिवारका सेवाग्राही छन् ।

धनि पुर्जा नभएकाले ८ हजार परिवारले समयमै अनुदान प्राप्त गर्न सकेनन् । सरकारले अनुदान वितरण सम्वन्धी कार्यविधि– २०७२ खारेज गरि नयाँ कर्यविधि स्वीकृत भएपछि सवै पीडितले अनुदान पाउने भएका छन् ।

प्राधिकरणले जनाए अनुसार एक साता भित्रै सम्पुर्ण भक्तपुरका पीडितले अनुदान प्राप्त गर्नेछन् । तर पीडितले आजैबाट रुपौयाँ झिक्न सक्ने प्राधिरणले जनाएको छ । पहिलो किस्ताको उक्त रकम बैंक खाताबाटै वितरण गरिने छ ।

साथै, पीडितलाई पाएक पर्ने स्थानबाटै बैंकिङ सेवा प्रदान गरिने प्राधिकरणले जनाएको छ । अति प्रभावितमध्ये काठमाडौं र ललितपुरका पीडितले अनुदान प्राप्त गर्ने अझै समय लाग्ने भएको छ । प्राधिकरणले कहिले वितरण गर्ने भन्ने खुलाएको छैन् ।

तर, भक्तपुरको काम पछि बाँकी जिल्लामा सुरु गर्ने जनाएको छ ।

 

........................

आइतबार, ९ माघ, ०७३

प्रतिक्रिया

Related