रोजगारीका लागि भारत जानेले अब अनुमति पत्र लिनु पर्ने

निर्माण सञ्चार, काठमाडौं || सरकारले रोजगारीका लागि भारत जाने कामदारले पनि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहलले उक्त विषयबारे जानकरी गराँउदै बैदेशिक रोजगारीमा जानेको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको जनाएका हुन ।

‘अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् तर, बैदेशिक रोजगारीमा परेका थिएनन् ’ प्रधानमन्त्रीले भने, ‘अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने छ।'  उनका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ ।

यो अनुमतिपत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री दाहलले बताएका छन् ।

........

मंगलबार, ११ माघ, ०७३

प्रतिक्रिया

Related