नेपाली प्रतिनिधिमण्डल मनिलामा

निर्माण सञ्चार, काठमाडौं|| निर्माण क्षेत्रका व्यवसायी सहित एक प्रतिनिधी मण्डल फिलपिन्सको राजधानी मनिलामा गएको छ ।

‘इन्हेन्स स्किल्स् फर सस्टेनयवल एन्ड रिवाडिङ इम्प्लोइमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन त्यस तर्फ गएको हो ।

उक्त टोलीमा शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम नेतृत्वमा गएको छ । टोलीमा सिटिईभीटी, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एसोसिएसन नेपालका प्रतिनिधि गरी १० जनाको सहभागिता रहेको छ ।

निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा र होटल एशोसिएसन नेपालका महासचिव विनायक शाह कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रम माघ २३ गते सकिने निर्माण व्यवसायी महासंघ (एफक्यान)ले जनाएको छ ।

 

......

सोमबार, १७ माघ, ०७३

प्रतिक्रिया

Related