भ्यालेन्टाइनमा मुसहरसँग प्रेम, धुर्मुस–सुन्तली भन्छन्— ‘प्रेमलाई दुईदिने फेसन नबनाऔं’

युवा युवतीको लागि मात्र आज प्रेम दिवस होइन् । गरिब तथा विपन्न समुदायलाई हामी सबैले प्रेम गर्नुपर्छ
निर्माण सञ्चार, बर्दिबास । अनौठो लाग्न सक्छ, ‘ह्यापी भ्यालेन्टाइन डे’ भन्दै सहरमा बाइक हुइक्याउँदै हिड्ने युवायुवती भन्दा फरक किसिमले गरिब बस्तीसँग प्रेम गरेर पनि भ्यालेन्टाइन डे मनाउन सकिन्छ भनेर ।

हो, यस्तै गरे कलाकार जोडी धुर्मुस अर्थात् सीताराम कट्टेल र सुन्तली उर्फ कुञ्जना घिमिरेले ।

एक बर्षअघि मुसहर बस्ती पसेको यो जोडीले मुसहरको दर्दनाक अवस्था देखेपछि मुसहरसँग प्रेम गरेर बस्ती निर्माणमा जुटेका छन् ।

आजको प्रमे दिवसमा पनि तपाईहरु त यसरी घर बनाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा धुर्मुसको सन्देश छ, ‘आजको प्रेम दिवसबाटै सबै जना विकास प्रेमी बनौं ।’

‘हाम्रो प्रेम सम्बन्धले करोडौँ नेपालीसंग प्रेम गर्ने भावना पहिलेभन्दा अहिले झन् बढाएको छ । हजारौंको घर बनाउनु छ । करोंडौं नेपालीको भावनालाई जोडेर देश बनाउनअघि बढेका हौं 

धुर्मुसको कुरामा सहमति जनाउदै सुन्तलीले भनिन्‘ कसैको मनलाई कसैले नजलाऊ । एक अर्काको मनलाई जोडेर जीवन चलाऊ। प्रेमलाई दुई दिने फेसन नबनाऔं ।’

यसरी मनाए धुर्मु–सुन्तुले भ्यालेन्टाइन, हामी पनि यसैगरी मनाउने हो कि !

दुवैको अनुहारमा थकान थियो । तर, त्यो थकानलाई प्रेमको ऊर्जाले जित्दै उनीहरु अंकमालमा बाँधिए । सायद एकैछिन भए पनि थकान भुल्ने अवसर थियो कलाकार यो जोडीको । धुर्मुस र सुन्तलीसँग प्रेम–जीवनबारे कुरा गर्न कसलाई फुर्सद छ र ।

किनकि मुसहर बस्ती कनाउनै दिनभर खटिरहेका उनीहरुलाई भ्यालेन्टाइन भनेकै मुसहरहरुको जीवनमा खुसी ल्याउनु र उनीहरुको मुहारमा हाँसो छाउनु थियो ।

इँटाका थाक ओसारिरहेका उनीहरुलाई आरामबारे सोच्ने समेत फुर्सद देखिँदैनथ्यो । कलाकार कुञ्जना हरेक दिन प्रेम दिवस हो भन्छिन् ।

यो जोडीका अनुसार मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने भन्दै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप भएको धारणा राखे ।

उनीहरु प्रेम दिवसलाई कर्म दिवसका रुपमा र विकतृति नभई संस्कृतिका रुपमा बनाउनु पर्ने बताउँछन् ।

सबैतिरबाट सहयोग संकलन गरेर धर्मुस-सुन्तलीले दुई सय ७० जना मुसहर बस्न मिल्ने ५० वटा घर बनाइरहेका छन् यतिबेला ।

‘प्रेम दिवसको दिन प्रेम गरेर मात्र हुदैंन । १२ महिना तीन सय ६५ दिन एक अर्कालाई प्रेमजोडीले प्रेम गर्नुपर्छ,’ धुर्मुसले भने,‘ युवा युवतीको लागि मात्र आज प्रेम दिवस होइन् । गरिब तथा विपन्न समुदायलाई हामी सबैले प्रेम गर्नुपर्छ ।’

यो जोडी बर्दिबासमा तेस्रो एकीकृत नमुना बस्ती निर्माणमा जुटिरहेको छ । माघ अन्तिम साता अष्टे्रलियामा सहयोग संकलन गरेर फर्किए लगत्तै उनीहरु श्रमदानमा जुटिरहेका छन् ।

बस्ती निर्माणका लागि अष्टे्रलियामा ६५ लाख रुपियाँ संकलन भएको थियो ।

 

...........

मंगलबार, ३ फागुन, ०७३

 

प्रतिक्रिया

Related