कृषिप्रधान देशको स्थिति – ६ महिनामा १९ अर्बको खाद्यान्न आयत

निर्माण सञ्चार, काठमाडौं || कृषिप्रधान देश भए पनि चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा खाद्यान्न आयतका लागि १९ अर्ब रुपियाँ बाहिरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत पुस महिनासम्म १९ अर्ब २४ करोड १० लाख २ हजार रुपैयाँको खाद्यान्न आयात हो ।

यस अवधिमा सोही रकम बराबरको चामल, मकै, गहुँ, कोदो, खाद्यान्नका बीउसँगै अन्य खाद्यबस्तु आयात भएको हो ।

छ महिनमा आयत भएको तथ्याङ्क –

चामल– ११ अर्ब ४४ करोड १ लाख ३३ हजार रुपियाँ

मकै– ५ अर्ब ३९ करोड २५ लाख ९३ हजार रुपियाँ

कोदो– २० करोड ८९ लाख २९ हजार रुपियाँ

स्थानीय मागअनुसार खाद्यान्नको उत्पादन नहुँदा वर्सेनि कृषिजन्य उत्पादनको लागि ठूलो रकम बाहिरिने गरेको छ ।

 

 

...........

शुक्रबार, ६ फागुन, ०७३

 

प्रतिक्रिया

Related