खुल्यो टेलिकममा जागिर ? २७ पदमा १५५ कर्मचारी मागियो

निर्माण सञ्चार, काठमाडौं|| नेपाल टेलिकमले २७ पदमा १ सय ५५ जना कर्मचारी मागेको छ । जसकालागि टेलिकमले गोरखापत्र पत्रिकामा विज्ञापन प्रकाशित गरेको छ । पदमा उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ ।

एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ । टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासीरजनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटमा जारि खुलेको हो । आइतबारबाट ३० दिनभित्र आवदेन दिन सकिने छ ।

यसैगरी दूरसञ्चार प्राधिकरणले पनि आजै २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपनिर्देशकदेखि सहायक पदसम्मका लागि प्राधिकरणले दरखास्त मागेको हो ।

 विज्ञापन 

 

 

.....

आइतबार, ४ फागुन

 

प्रतिक्रिया

Related