कम्पनी ऐन २०६३ को पहिलो संशोधन– कम्पनी खारेज गर्न दुई वर्षे स्किम

निर्माण सञ्चार, काठमाडौं|| सरकारले कम्पनी खारेज गर्न चाहनेका लागि दुई वर्षको सहुलियत स्किम ल्याउने भएको छ ।

कम्पनी खारेज गर्ने प्रक्रिया र शुल्कमा व्यापक कटौती गर्दै दुई वर्षभित्र खारेजीमा जाने कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत मात्र शुल्क लाग्ने व्यवस्था गर्न लागेको छ ।

कम्पनी खारेज गर्न झन्झटिलो र अत्यधिक शुल्क लाग्ने गुनासो आइरहेको बेला सरकारले कम्पनी ऐन २०६३ को पहिलो संशोधन गर्दै सरल बनाएको हो ।

कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले विधेयक पारित गर्दै केही संशोधन गरेको छ ।

सोमबार बसेको समिति बैठकले विधेयकलाई अब बस्ने व्यवस्थापिका संसदको बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।

संसदले विधेयकलाई हुबहु पारित गरेमा अब कुनै पनि कम्पनी खारेज गर्न चुक्ता पँजीको ०.५ प्रतिशतमात्र शुल्क लाग्ने छ। सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले ऐनमा सबैभन्दा ठूलो चासो भएको विषय कम्पनी दर्ता र खारेजीमा रहेको छ ।

.............

मंगलबार, १० फागुन, ०७३

प्रतिक्रिया

Related