शाश्वत धामको उद्घाटन– धार्मिक पर्यटन र सद्भाव वृद्धिको खुल्यो नयाँ ढोका

निर्माण सञ्चार, नवलपरासी || चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधाम राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको छ । उद्घाटन भएसँगै धाम सर्वसाधारणका लागि समेत खुला गरिएको छ । धामको निर्माण चौधरी ग्रुपले गरेको हो ।

उद्घाटनको प्रमुख अतिथि राष्ट्रपति भण्डारी रहेकी थिइन् । ग्रुपका अध्यक्ष विनोद चौधरी आफै उपस्थित उक्त धाममा सर्वधर्मसभाको आयोजना गरिएको थियो ।

जहाँ पूर्वराजा ज्ञानेन्द्र धर्मसभाको प्रमुख अतिथिका रुपमा रहेका थिए। राष्ट्रपति भण्डारीले धामको निर्माणले धार्मिक सहिष्णुता र जातीय सद्भावनका लागि थप टेवा दिने विश्वास व्यक्त गरिन् ।

नवलपरासीको दुम्कौलीमा आयोजित शाश्वतधाम उद्घाटन कार्यक्रममा भण्डारीले असल परम्परा र आधुनिक मूल्य र मान्यतालाई मानवीय हितमा सदुपयोग गर्नु पर्ने बताइन् ।

धाम सर्वसाधारणलाई पनि खुला गरिएको छ । खुला गरेसँगै सर्वसाधरणको घुईचो लागेको छ।

राष्ट्रपतिले देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सिजी इण्डस्ट्रियल पार्क परिसरमा निर्माण गरिएको धामको उद्घाटन राष्ट्रपतिले गरेकी हुन् भने प्राणप्रतिष्ठान स्वामी रविशंकरले गरेका थिए।

उद्घाटन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, श्रीलंकाली मन्त्री दयागामागी धार्मिक गुरुहरु, पशुपतिका पुजारीलगायतको सहभागी थिए ।

धार्मिक प्रेरणा

धामबारे जानकारी दिदैं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीले १९ वर्षअघि पहिलो पटक पशुपतिमा भेट भएका शंकराचार्यको प्रेरणाले धाम निर्माणको सोंच बनाएको बताए।

चौधरीले धार्मिक भावनाकै कारण र प्रेरणाले आफूले १६ वर्षअघिदेखि निर्माण कार्य थालनी गरेका बताए। धामले हरेक वर्ष १५ जना पण्डितहरु उत्पादन गर्ने लक्ष्य अनुरुप हाल विद्याश्रममा ३० जना विद्यार्थीहरु अध्ययन समेत सुरु गराएको छ ।

कस्तो छ धाम ?

पार्क परिसरमा इन्डस्ट्रियलको ८० विगाहा क्षेत्रफलमध्ये सात विगाहामा शाश्वत धाम निर्माण भएको हो । जहाँ विभिन्न देवी देवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्ताकालय, गौशाला, ध्यानकेन्द्र निर्माण छ।

शाश्वत धामको शैली खजुरवान रहेको छ। यो शैली दक्षिण भारतमा प्रचलित शैली हो। परिसर भित्र रहेका मन्दिरमा शंकरचार्य मठका कालिगढले बनाएको शिवलिंग पनि छ।

मन्दिरभित्र विभिन्न १६ देवी देवताका मूर्तीहरु छन्। चारैतिर ढुंगाले खोपेर बनाइएका साना स्पिकरबाट पर्यटक र पाहुनाहरुले मधुर आवाजनमा भजन सुन्न सक्नेछन्।

धाम परिसरमा निर्माण गरिएका संरचना काठमो बुट्टा जस्तो देखिएपनि सिमेण्टबाट बनाइएको छ। धामभित्र १२ राशी र २७ नक्षत्रअनुसारका रुखहरुसमेत रोपिएका छन्।

डिजिटल प्रविधिको प्रयोग

पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने उद्देश्यले निर्माण गरिएको धाम परिसरमा पशुपति नाथ मुक्तिानाथ, स्वर्गद्धारी,गोसाई कण्ड, बद्री केदार, हरिद्धारालगायतका धार्मिक स्थलहरुको डिजिटल प्रविधिद्धारा दृष्यवलोकन गर्न पाईने व्यवस्था मिलाइएको छ।

 

.....

मंगलबार, २३ फागुन, ०७३

 

प्रतिक्रिया

Related