कोबेल्कोको नयाँ एस्काभेटर नेपालमा

निर्माण सञ्चार, काठमाडौं|| कोबेल्को एस्काभेटरको आधिकारिक विक्रेता पूजा कन्स्ट्रक्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा ल्याएको छ ।

एसके २२० एक्सडी एस्काभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा तयार गरिने कम्पनीले जनाएको छ ।

नेपालका जटिल सडक काट्ने र चुनढुंगा खानीमा समेत प्रयोग हुने भएकाले एस्काभेटरमा ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुन्छ। पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको उक्त मेशिन जापनी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ ।

‘नेपालमा बिक्रि हुदै आएको मेशिन ७० प्रतिशत मेशिन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यांक पाइन्छ’ पुजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजुक्छेले भने, ‘इच्छुक कम्पनीहरुलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको छ ।’

मेशिनलाई सुचारु रुपमा पार्टपुर्जा तथा खरीदपछिको सेवा उपलब्ध गराइने प्रत्याभुति समेत कम्पनीले दिएको उनले बताए ।  हाल मेशिनको मूल्य ९७ लाख रुपियाँ पर्ने कम्पनीले जनाएको छ । इन्धनको कम खपतले वार्षिक १२ लाख रुपियाँ  बचत हुने कम्पनीले जनाएको छ ।

अन्य ब्राण्डका मेशिनले प्रतिघण्टा १७/१८ लिटर डिजल खपत गर्ने गरेको तर ‘एसके २२० एक्सडी’ले प्रतिघन्टा ११/१२ लिटर मात्रै डिजल खपत गर्ने कम्पनीको दावी छ ।

जापानी प्रविधिमा आधारित नविनतम प्राविधिक विशेषताले युक्त लामो समय टिकाउपुर्ण सञ्चालनमा सहज, समस्या रहित रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय विकास निर्माणको गति बढेसँगै नेपालमा एक्स्क्याभेटर बिक्रि सँख्या ह्वातै बढेको देखिन्छ । सडकदेखि कृषि, सिमेन्ट उद्योग लगायत निर्माणका अधिकांश क्षेत्रमा एक्स्क्याभेटरको प्रयोग भएको पाइन्छ । 

हाल नेपाल र भारतमा ७ हजार कोबेल्को एस्क्याभेटर कार्यक्षेत्रमा परिचालित भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार अधिकांश मेशिनहरु २० हजार घन्टा भन्दा बढी समयसम्म चलेको जनाएको छ ।

कम्पनीका साखा पोखरा, इटहरि, नेपालगञ्ज, बुटवल लगायत क्षेत्रमा रहेका छन्।

 

...

मंगलबार, ९ जेठ ०७४

प्रतिक्रिया

Related