‘नेपाली बजारमा हाम्रो हिस्सा ५० प्रतिशत छ’

 

निर्माण सञ्चार, काठमाडौं|| त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका सञ्जीव देउजाको मार्केटिङ क्षेत्रमा १५ वर्षे बलियो अनुभव छ ।

 

फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी), बैंकिङ हुँदै उनी अहिले हेभी इक्वीप्मेन्ट क्षेत्रमा कार्यरत छन् । अहिले देउजा हेभी इक्वीप्मेन्टका क्षेत्रमा अग्रस्थानमा रहेको एमएडब्लू अर्थमूभर्सका मार्केटिङ हेडका रुपमा कार्यरत छन् ।

उनै देउजासँग हेभी इक्वीप्मेन्टको माग , बजारको अवस्था र यस क्षेत्रमा देखिएका समस्याका बारेमा निर्माण सञ्चारले गरेको कुराकानी–

विगत केही वर्ष र वर्तमान समयमा हेभी इक्वीप्मेन्टको माग कस्तो पाउनु भएको छ ?

विगत १० वर्ष अघि हामीलाई सय यूनिट एस्काभेटर बेच्दा पनि धेरै बेचेको जस्तो महसुस हुन्थ्यो । जब नेपालले १० वर्षे आन्तरिक युद्धबाट अगाडि बढेर बृहत् शान्ति सम्झौता गर्यो त्यसपछि विकासका लहरहरु पलाउन थाले ।

अझ ती पलाउदै गरेका विकासका लहरलाई संविधान सभाको निर्वाचनले तीव्रता दियो त्यसपछि सरकारले पनि विकासका लागि आवश्यक पुँजीगत खर्चमा धेरै गुणा वृद्धि गर्यो । हिजोको तुलनामा आज हेभी इक्वीप्मेन्टको माग अत्यधिक बढेको छ । त्यस्तै नेपालमा पनि धेरै हेभी इक्वीप्मेन्ट सप्लायर्सहरुको आगमन भएको छ ।

हेभी इक्वीप्मेन्टको क्षेत्र भनेको विकास पूर्वाधारका लागि प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हो । यसमा वित्तीय क्षेत्रको लगानी र भूमिका कस्तो पाउनु भएको छ ?

हो, हेभी इक्वीप्मेन्टलाई विकास पूर्वाधारको प्रत्यक्ष सरोकारको क्षेत्र मानेर आयातमा कर छुट गरिएको छ तर नेपालमा आइसकेपछि बैंकले फाइनान्स गर्ने समयमा भने यसलाई त्यति महत्व दिएको पाइँदैन ।

अझ भन्ने हो भने पछिल्लो समयमा राष्ट्र बैंकले लिएको नीति अनुसार यस क्षेत्रमा लोनका लागि अझ कडा गरेको छ बैकले । जसले गर्दा विकासका काममा प्रत्यक्ष असर पुगिरहेको छ । बैंकले हेभी इक्वीप्मेन्टलाई पनि अटो अन्तर्गत नै समावेश गर्नु भनेको विकासका लागि मैत्री नहुनु भन्ने नै हुन्छ नि होइन र ?

एक व्यक्तिले नीजि प्रयोजनका लागि गाडी खरिद गर्नु र कुनै पनि परियोजनाका लागि हेभी इक्वीप्मेन्ट खरिद गर्नुमा धेरै नै अन्तर पर्छ तर हालसम्म वित्तीय क्षेत्रले ठूला परियोजना लागि आवश्यक औजार खरिदलाई त्यति प्राथमिकता दिएको पाइँदैन । यसको प्रत्यक्ष असर तपाईं हामीले भोगिरहेका नै छौं ।

नेपालमा जेसिबी ब्राण्डका हेभी इक्वीप्मेन्टबारे धेरै नै चर्चा चल्ने गर्छ । किन होला ?

जेसिबीका विभिन्न भेराइटिजहरु छन् । पहिलो कारण त त्यो पनि हो । नेपालमा हामी सन् २००३ देखि निरन्तर सेवामा छौं । हाल नेपालमा जेसिबीका ३० वटा प्रोडक्ट विभिन्न १२ स्थानबाट विक्री वितरण हुँदै आएको छ । हाम्रा प्रोडक्ट मूल्यका हिसाबले र प्रविधिका हिसाबले पनि नेपाली माटो सुहाउँदो छन् ।

हामीले हाम्रा उपभोक्तालाई सेवा पुग्ने किसिमले टोल फ्रि नं ९८०१५७३५५५ वा १६६००१३३५५५ को पनि व्यवस्था गरेका छौं

त्यसमा पनि जेसिबीको ब्याकहो लोडर त झन् विश्वमा नै एक नम्बरमा आउँछ । नेपालमा पनि अन्य ब्राण्डका ब्याकहो लोडर किन्ने उपभोक्ता समेत हाम्रोमा आउनुभएको धेरै नै उदाहरण छन् ।

हामीलाई हाम्रो सेवा र जेसिबीको औजारले पुर्याएको योगदानका कारण पनि नेपालका जुनसुकै कुनामा रहेका उपभोक्ताले सम्झने गर्नु भएको छ ।

हाल जेसिबीले नेपाली बजार कति प्रतिशत हिस्सा ओगटेको छ ? अनि कस्तो छ फाइनान्स र सेल्स पछिको सेवा ?

हाल हामी विक्री र सेवाका हिसाबले अग्र स्थानमा छौं । जम्मा बजारको ५० प्रतिशत हिस्सा त हामीले नै लिएका छौं । अझ हामी हाम्रो सेवालाई कसरी उपभोक्ताका माझ चुस्त, दुरुस्त पार्न सकिन्छ भनेर लागिरहेका छौं । अहिले हाम्रोमा सय भन्दा बढी इन्जीनियरले निरन्तर सेवा दिएरहेका छन् भने २० करोड बढीको स्पेयर पाटर्स स्टकमा छ ।

 

हामीले उपभोक्ताको सेवालाई ध्यानमा राखेर डेडिकेटेड सर्भिसको सेवा पनि दिँदै आएका छौं । हामीले हाम्रा उपभोक्तालाई सेवा पुग्ने किसिमले टोल फ्रि नं ९८०१५७३५५५ वा १६६००१३३५५५ को पनि व्यवस्था गरेका छौं ।

हाल बैंकमा देखिएको फाइनान्सको समस्याबाट हाम्रा उपभोक्तालाई राहत हुने किसिमले आन्तरिक इन्भेष्टमेन्ट कम्पनीका माध्यमबाट सहज र सरल रुपमा ३० प्रतिशत डाउन पेमेन्टमा वित्तीय सेवा उपलब्ध गराउँदै आएका छौं ।

जेसीबीको सेल्स पछिको सेवा र यसको रिसेल भ्यालुका कारण पनि दिन प्रतिदिन उपभोक्ताको आकर्षण बढ्दो छ ।

बजारमा विभिन्न ब्राण्डका हेभी इक्वीप्मेन्ट छन् । तपाईंको विचारमा एक व्यवसायीले हेभी इक्वीप्मेन्ट किन्नु अघि के के कुरामा ध्यान पुर्याउनु पर्छ ?
नेपाली बजारमा दिन प्रति दिन हेभी इक्वीप्मेन्टका ब्राण्ड थपिने क्रम जारी छ । यो राम्रो पनि हो किनभने उपभोक्ताले आफ्नो साधन र स्रोत अनुसार आफ्नो आवश्यकता पूरा गर्दछ ।

तर पनि अन्य सामान भन्दा यो फरक प्रकृतिको सामाग्री भएकाले पनि उपभोक्ताले हेभी इक्वीप्मेन्ट किन्नु अगाडि त्यो इक्वीप्मेन्टको आधिकारिक विक्रेता,बजार मूल्य,विक्री पछिको सेवा र रिसेल भ्यालुमा ध्यान दिनुपर्ने हुन्छ । यी कुरामा ध्यान दिनुभयो भने उहाँहरुको लगानी सुरक्षित र उपयोगी बन्नेछ । यसले तपाईं हाम्रो विकासको चाहनालाई अगाडि बढाउन सहयोगी भूमिका निर्वाह गर्नेछ ।

 


....
आइतबार, १४ जेठ, ०७४

 

प्रतिक्रिया

Related