कसरी सिक्ने ड्राइभिङ ? बाइक र कार सिक्ने सजिलो काइदा (भिडियो सहित)

निर्माण सञ्चार, काठमाडौं|| ड्राइभिङ हिजो आज अनिवार्य आवश्यकता भैसकेको छ । के गाउँ, के सहर, के युवा के युवती सबैको बाइक र कार सिक्ने रहर हिजो आज बढिरहेको छ । त्यसमा पनि व्यस्त मानिसहरु हरेक काम समयमै सक्न चाहन्छन् ।

त्यसका लागि पनि बाइक, स्कुटर कार सिक्नु अनिवार्य बनिरहेको हुन्छ । धेरै पैसा तिरेर पनि कतिले बाइक वा कार चलाउन सिक्न सकेका हुँदैनन् । कतिले सजिलो गरी सिकाउने प्रशिक्षकको अभावमा सिक्ने ठाउँ पनि पाएका हुँदैनन् ।

आखिर पैसाले मात्रै त सिकिदैन ? सिक्नका लागि साधन, स्रोत मात्र भएर पुग्दैन । सिकाउने गतिलो शिक्षक पनि उतिकै आवश्यक चिज हो । त्यतिले मात्रै पुग्दैन ।

आफ्नो इच्छा शक्ति फेरि त्यतिकै आवश्यक छ । भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । बस, इच्छा छ भने यो भिडियो हेरेर पनि तपाई हामीले बाइक र कार चलाउने सजिलो काइदा सिक्न सक्छौं ।

हिजो आज ट्रायल पास गर्न धेरै कठिन बन्दै गइरहेको छ । राम्रो प्रशिक्षकले सजिलो गरी सिकाइदिन्छ भने ट्रायल पास गर्नका लागि चाहिने न्यूनतम तरिका के के हुन्, कसरी ट्रायल पास गर्न सकिन्छ, त्यसका कित स्टेपहरु छन्, कुन कुन टेक्निकले सजिलै ट्रायल पास गरेर हातमा लाइसेन्स आउँछ भन्ने हरेक सिकारुको चाहना हुन्छ ।

तपाईंको त्यही आवश्यकतालाई सजिलो होस् भनी बाइक, स्कुटर र कार सिक्न सकिने सजिलो काइदा चारुमती सेन्टरले दिन सक्छ । सधै हँसिलो पोजमा स्मार्ट भएर विद्यार्थीलाई सिकाइ रहेका हुन्छन् चारुमती सेन्टरका प्रशिक्षक एसके थापा ।

‘चारुमती ड्राइभिङ तथा भेइकल प्रिटेस्ट’ सेन्टरले सिकाइमा सरल तरिकाले हातमा सीप सहित ड्राइभिङ लाइसेन्स लिनेसम्मको नयाँ टिप्स दिएको छ ।

सजिलो गरी लाइसेन्ससम्मको ग्यारेन्टी र न्यूनतम शुल्कमा ड्राइभिङ सिकाउनमा उनको नाम चर्चित छ । झन्डै १५ वर्षदेखि ड्राइभिङ प्रशिक्षण दिदै आएका थापाले सिकारुका लागि दिए यस्तो टिप्स ।

सम्पर्कका लागि
एसके थापा—९८५१०६८०३७ चावहिल, गणेशस्थान पछाडि

 

हेरौं भिडियो—

 

...

 

शुक्रबार, १९ जेठ, ०७४

प्रतिक्रिया

Related