ग्रिल तथा स्टिल ब्यवसायी महासंघबाट तीन महिने स्वरोजगार तालिमको शुभारम्भ

निर्माण सञ्चार, काठमाडौं|| ग्रिल व्यवसाय क्षेत्रमा रहेको जनशक्ति न्युनीकरण गर्न ३ महिने स्वरोजगार तालिमको सुरुवात गरिएको छ ।

ग्रिल तथा स्टिल ब्यवसायी महासंघ नेपालको संयोजकत्वमा सुरुभएको तालिममा कूल ६० जना सहभागी छन् । बुधबार एक कार्यक्रमकाबीच श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले तालिमको उद्घाटन गरे ।

उनले महासंघको अग्रसरतको प्रसंशा गर्दै दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोगी भुमिका निर्वाह हुनसक्ने बताए । मन्त्री गुरुङले रोजगारी श्रजनामा सरकारको सहयोग जारी रहने समेत प्रष्ट पारे ।

यता ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले तालिमको मुल उद्देश्य नै ग्रिल उद्योगमा रहेको जनशक्ति अभावको पुर्ति भएको बताए ।

ग्रिल क्षेत्रमा तत्काल ५० हजारलाई रोजगारी दिन सक्ने भन्दै उनले हाल यो क्षेत्रमा डेढ लाखले रोजगारी पाएको दाबी गरे ।

‘देशभरका १० हजार ग्रिल तथा स्टिल उद्योगहरुमा ५० हजारले रोजगारी पाउने अवस्था छ’ उनले भने, ‘कामदारको अभावले माग अनुसार उत्पादन गर्न सकिएको छैन् ।’ उनले दक्ष जनशक्ति बिदेसिने क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गरे ।

महासंघले विभिन्न संघसंस्थासँगको सहकार्यमा उक्त तालिम सुरु गरको जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले उक्त तालिमलाई आवश्यक सहयोग गरेको छ ।

महासंघका अनुसार तालिम लिनेहरुलाई मासिक १० हजार भत्ता समेत दिइने छ । तालिमको समाप्त पछि कामको अवसर पनि दिइने उनले महासंघले जनाएको छ ।

तालिमका सहभागीहरु दुर्गम जिल्ला, पछाडी परेको वर्ग उच्च शिक्षा हासिल गर्न नसकेका बेरोजगार युवा युवती भएको महासंघको दाबी छ । ती मध्ये ४० जना राजधानीमा र  २० जना मोरङमा तालिमको अवसर पाएका छन् ।

 

......

बुधबार, ३० चैत, ०७३

प्रतिक्रिया

Related