ग्रामीण क्षेत्रका खेलाडीले धानेका छन् इज्जत– महासचिव चन्द

भलिबल राष्ट्रिय खेल हुनुपर्छ
भनिन्छ, ब्रजिलियनहरुको नसानसामा फुटबल भरिएको हुन्छ । हुनपनि फुटबलको पाँचपटक विश्वविजेता ब्राजिलका नगारिकको नसा फुुटबल हो । उनीहरुलाई फुटबलबारे पढाउनु भनेको इन्द्रकाअघि स्वर्गको बयान सरह नै हुन्छ ।

नेपालीहरु पनि खेलकुद भनेपछि हुरुक्कै हुन्छन् । सबै खेल हेर्छन् । तर भलिबल भने खेल्छन् नै । चल्तीका खेलमध्ये आम नेपालीमा भलिबल लोकप्रिय खेल हो । मानौं, नेपालीको नसामै छ भलिबल । भौगोलिक हिसाबले पहाडी तथा हिमाली क्षेत्रमापनि भलिबल सुहाउँदो खेल मानिन्छ ।

भलै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलताको ताज हात पार्न नसकेको नै किन नहोस् । ब्राजिलियनहरुको नसा फुटबल भएजस्तै भलिबल नेपालीहरुको नसा हो भन्ने सायद धेरैलाई थाह छ ।

राम्रो सम्भावना रहेको भलिबलमा पनि नेपाल किन पछि छ ? के नेपालले भलिबलबाट विश्वमा आफ्नो पहिचान बनाउन सक्तैन? भलिबल ब्राजिलको फुटबलजस्तै नेपाली ब्रान्ड बन्ने कहिले ? कसरी सम्भव होला ? भलिबल पनि ब्रजिलियन बालबालिकालाई जस्तै सानैदेखि नेपाली बालबालिकाहरुको सिकाइको पाटो पो बनाउने हो कि !

भलिबल संघमा दोस्रो कार्यकालका पनि निर्विरोध महासचिव बन्न सफल पूर्व राष्ट्रिय खेलाडी जितेन्द्रबहादुर चन्द निर्माण सञ्चार खेल चर्चामा हुनुुहुन्छ ।  

भलिबलको विकास ग्रामीण क्षेत्रदेखि नै कसरी गर्नसकिन्छ ?

नेपालको भौगोलिक अवस्था भलिबल खेल्नका लागि उपयुक्त छ । हिमाल, पहाड र तराईमा यो खेल लोकप्रिय छ । थोरै स्थानमा पनि सहजै खेल्न सकिने हुनाले नेपालका गाँउघरका कुनकुनामा पनि भलिबल छ ।

अहिले जति पनि राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन्, ती गाँउबाटै उत्पादन भएका खेलाडी हुन् । भलिबलको विकासका लागि ग्रामीण क्षेत्रका खेलाडीको निकै ठुलो योगदान छ । भलिबल खेलको महत्त्व सहरमा भन्दा गाउँमा उच्च छ । त्यहाँ धेरै प्रतियोगिता हुन्छन् ।

मुख्य कुरा यो क्षेत्रको चलायमानता हो । अहिले भलिबल स्थिर जस्तै छ । यसका लागि हाम्रा गतिविधि बढाउनु बाहेक विकल्पै छैन । संघको मान्यता भनेको भलिबललाई लिग चरणकै खेलबाट अघि बढाइनु पर्छ भन्ने हो ।

मात्र के हो भने ती प्रतियोगिता मिडियाले फोकस गरेका हुन्नन् । बाहिर आउन सक्दैनन् । ग्रामीण क्षेत्रमा विभिन्न चाडपर्वको अवसरमा हुने प्रतियोगिता र जिल्ला खेलकुदले गर्ने प्रतियोगिता धेरै हुन्छन् । यसलाई गाउँ गाउँदेखि नै विकास गर्दै ल्याउनु पर्छ भन्ने मलाई लागेको छ ।

किन भनेजस्तै हुन सकेको छैन त ?

हामीले ग्रामीण भेकका खेलाडीहरुलाई उचित प्रशिक्षण प्रबन्ध मिलाउन सकेका छैनौं ।राज्यले नै यसरी उठाउनु पर्छ भनी योजना बनाउन सके जस्तो देखिदैन ।

छ न त छन् नि कार्यक्रमहरु, तर माथि उठाउनका लागि प्रेरणा र समर्थन दुवै चाहियो । सहयोग चाहिन्छ । ग्रामीण स्तरमा भएका ती चम्किला ताराहरुलाई बाहिर ल्याउन नसक्नुमा हाम्रो पनि कमिकमजोरीछन् ।

कमजोरी छन् भनेर त स्वीकार गर्नु भो, तर कार्यक्रम चाहि लिएर जानु हुन्न ?

एकदमै जाने तयारीमा छौं अब हामी । ती प्रतियोगितालाई व्यवस्थित र क्लेन्डर अनुसार गाउँ गाउँबाटै उठाएर माथि ल्याउनेबारे धेरै चर्चा भए तर अब कामै हुने गरी हामी अघि बढ्ने योजनामा छौं ।

भलिबललाई व्यावसायिक बनाउने बारे कस्तो छ त योजना ?

जतिपनि भलिबल खेलेका छौं सबै सहभागितामा मात्रै सिमित भएका छन् । मुख्य कुरा यो क्षेत्रको चलायमानता हो । अहिले भलिबल स्थिर जस्तै छ । यसका लागि हाम्रा गतिविधि बढाउनु बाहेक विकल्पै छैन । संघको मान्यता भनेको भलिबललाई लिग चरणकै खेलबाट अघि बढाइनु पर्छ भन्ने हो । ताकि धेरै खेलाउने, धेरै जन्माउने र प्रतिस्पर्धी बनाउने नै हो ।  

तपाईले भनेजस्तै अहिलेसम्म भलिबलमा भएको उच्च प्रयास कुन हो त ?

उदाहरण पनि छ । यसपटक मात्रै त्यो तहको प्रयास हामीले सम्पन्न गर्यौं । गर्दा हुदो रहेछ भन्ने भयो पनि । जस्तै, यो पटक हामीले ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ सम्पन्न गर्यौं । त्यसलाई राष्ट्रिय वाणिज्य बैंकले १० लाख रुपियाँ स्पोन्सर पनि गर्यो । जुन भलिबल क्षेत्रमा अहिलेसम्मकै ठूलो स्पोन्सर पनि हो ।  

हामीलाई उचित स्थानमा जग्गा मिलेको खण्डमा भलिबल खेल्ने कोर्टको निर्माण संघले नै गर्ने छ । विभिन्न दातृसंस्थाले हाम्रो देशको भलिबल विकासमा चासो दिएका छन् । अनुदान सहयोग जुटाएरै संघले कोर्ट निर्माण गर्ने योजनामा छ । जग्गा उपलब्ध हुने वित्तिकै काम अघि बढ्छ ।

भलिबल खेल्न भौतिक संरचना पनि त चाहिन्छ, दयनीय देखिन्छ भौतिक संरचना भलिबलका लागि,संघ के गर्दै छ ?

हामी प्रयत्नरत छौ । हो, नेपालमा भलिबल खेल्न कुनै पनि त्यस्तो उदाहरणीय कोर्ट छैन । भएको कबर्डहल पनि अन्तर्राष्ट्रिय स्तरको छैन् । नेपालको भलिबल मोह र खेलाडीको भावनालाई सरकारले बुझ्न सकेको छैन ।

हामीले सरकारलाई भनेका छौं कम्तीमा जिल्लै पिच्छेएउटा व्यवस्थित कोर्टका लागि सहयोग गर्नुस् । ग्रामीण क्षेत्रमा पनि त्यही अनुसार विकास हुनुपर्छ । राष्ट्रिय स्तरमा एउटा व्यवस्थित कोर्ट हुनैपर्छ । ताकि अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न सकियोस् ।  

भलिबल विकासका लागि संघलेकस्तो योजना अघि सारको छ ?

हाम्रो संघ समग्र भलिबल विकासका लागि हो । मुख्य कुरा अब हामी भलिबल विकासका लागि क्यालेन्डर अनुसारनै प्रतियोगिता गर्ने योजनामा छौं । त्यस्तै खेडालीको स्तर उन्नति र संरचना विकासमा पनि योजना अघि सारेका छौं ।

मुख्य करा हाम्रो अभिवाभकका रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद्मा विकास विभिन्न प्याकेज मध्ये जग्गा उपलब्ध गराउन माग गरेका छौं । हामीलाई उचित स्थानमा जग्गा मिलेको खण्डमा भलिबल खेल्ने कोर्टको निर्माण संघले नै गर्ने छ । विभिन्न दातृसंस्थाले हाम्रो देशको भलिबल विकासमा चासो दिएका छन् । अनुदान सहयोग जुटाएरै संघले कोर्ट निर्माण गर्ने योजनामा छ । जग्गा उपलब्ध हुने वित्तिकै काम अघि बढ्छ ।

आगामी प्रतियोगितामा नेपालको लक्ष्य के हुन्छ ?

अबको मुख्य लक्ष्य भनेको १३ औं साफ हो । हाम्रो त्यो खेलमा स्पष्ट लक्ष्य भनेको महिला तर्फ भारतसँग गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्ने हो ।

यता पुरुषतर्फ पनि पहिलो वा दोस्रो कै लागि प्रतिस्पर्धा हुने छ । पछिल्ला आठ दश वर्षमा नेपालको भलिबलको स्तार माथि उठेकाले त्यो अस्वाभाविक लक्ष्य हैन । त्यसका लागि छिट्टै प्रशिक्षण समेत सुरु गर्नेछौ । खेलाडीको प्रतिभालाई तिखार्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत बढाउने छौ।

थप अन्त्यमा ?

तपाईंको लोप्रिय सञ्चार माध्यमबाट सोकालवाला निकायलाई म के भन्न चाहन्छु भने, नेपालमा भलिबल जस्तो लोकप्रिय खेल अरु छैनन्, त्यसैले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिनुपर्छ भन्ने हाम्रो मागमा यहाँहरुले पनि साथ दिनुहोस् । सुझाव पनि दिदै गर्नुस्, हामी देशलाई बनाउन सक्छौं, खेलकुदबाट देशको मुहार बदल्न सक्छौं ।

 

तस्वीर/प्रस्तुति—ऋषि खतिवडा

...

बिहीबार, ३१ चैत, ०७३

 

प्रतिक्रिया

Related