निजी विद्यालयको मनपरी शुल्कविरुद्ध विद्यार्थी संगठनले आन्दोलन गर्ने

निर्माण सञ्चार, काठमाडौं|| चर्को शुल्क असुल्ने निजी विद्यालयविरुद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठनले निजी विद्यालयमा तनालाबन्दीसहितका आन्दोलनका कार्यक्रम सार्वजनानिक गरेका हुन्।

‘विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको विरोधमा मंगलबार जिल्ला शिक्षा कार्यालय अगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ’ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बैशाख १३ गते चर्को शुल्क लिने निजी विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरिनेछ।’

त्यस्तै वैशाख १४ गते विद्यार्थी संगठनले प्याब्सन तथा एनप्याब्सनका कार्यालयहरुमा तालबान्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

यता फागुन १८ गते हुन नसकेका क्याम्पसहरुको स्ववियु निर्वाचन जेठ मसान्तपछि गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको अखिलका सचिव आरसी लामिछानेले बताए ।

पत्रकारसम्मेलनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौं, अखिल पाँचौं र नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

 

.......

सोमबार, ११ बैशाख, ०७३

प्रतिक्रिया

Related