लिभेरका हेभी इक्विपमेन्ट नेपालमा

निर्माण सञ्चार, काठमाडौं|| जर्मन कम्पनी लिभेर ग्रुपका हेभी इक्विपमेन्टलाई नेपाली व्यावसायिक कम्पनी पद्मश्री ग्रुपपले नेपाली बजारमा भित्र्याएको छ ।

सन् १९४९ मा स्थापना भएकाले जर्मनीको प्रतिष्ठित विश्वव्यापी कम्पनी लिभेर निर्माण क्षेत्रमा सबै भन्दा धेरै उत्पादन गर्दै आएको दाबी गरेको छ ।

कम्पनीले घरायसी प्रयोजनमा प्रयोग हुने उत्पादनका साधनदेखि विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने वस्तुहरु उत्पादन गर्दै आएको जनायो ।

त्यस्तै नेपालमा सन् १९६३ मा स्थापना भएको पद्यमा श्री गु्रपले लिभेरको निर्माण उपकरण नेपाली बजारमा नौलो उत्पादन नभएको जनाएको छ ।

उक्त कम्पनी मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्दा नै भित्रिएको कम्पनीको दाबी छ । उक्त अवसरमा पद्मश्री ग्रुपमा कार्यकारी निर्देशक रोहोनी थपलियाले नेपाल विकासको गतिमा अघि बढेकाले लिभेरका उत्पादनले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

उनले मेसिनमा उच्चस्तरीय प्रविधि प्रयोग गरिएको समेत बताए । सोही अवसरमा लिभेरको हेभी मेसिन खरिद गर्ने निर्माण व्यवसायीलाई चाबी हस्तान्तरण गरिएको थियो ।

 

.....

बिहीबार, १४ वैैशाख, ०७४

प्रतिक्रिया

Related