ग्रिल क्षेत्रमा सुरक्षा चुनौती बढ्दो, महासंघद्वारा आँखा परीक्षण सम्पन्न

निर्माण सञ्चार, काठमाडौं|| व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह–२०७४ को अवसर ग्रील मजदुरहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनामा ग्रील तथा स्टील ब्यवसायी संघ गोगंबु इकाई समितिले आँखा परिक्षण गरेको हो ।

परीक्षण शिविरको उद्घाटन महासंघका अध्यक्ष मोहन कटुवालले गरे । उनले ग्रिल क्षेत्रमा काम गर्ने कर्माचारीले उच्च तेजमा काममा गर्नुपर्ने हुदाँ बारम्बार आँखा परिक्षण गुर्नपर्ने बताए ।

कटुवालले वेल्डिङ, ग्रान्डर र फलाम कटिङ गर्दा अनिवार्य चस्मा लगाएर सुरक्षामा ध्यान दिन आग्रह समेत गरे ।

तिलगंगा आंखा अस्पतालका चिकित्सकहरु सो अवसरमा दुई सय ५० जना ग्रिल क्षेत्रका व्यवसायी तथा कर्माचारीको आँखा परीक्षण गरेको थियो ।

महासंघका महासचिव लिला बहादुर खड्काले सुरक्षा तथा स्वास्थ्यमा ध्यान नदिदां पछिल्लो ३ बर्ष भित्र १६ जना ग्रिल श्रमिकको मृत्यु भएको जानकारी दिए ।

 

.....

आइतबार, १७ बैशाख, ०७३

प्रतिक्रिया

Related