वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन सुरु, मैदानमा महासचिव गुरुङ र अध्यक्ष ढकाल

निर्माण सञ्चार, काठमाडौं|| नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सङ्घको २५औँ साधारणसभा सुरु भएको छ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।  साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने छ ।

अहिले चुनावी मैदानमा हालका अध्यक्ष विमल ढकाल र संघका महासचिव रोहन गुरुङ पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

निर्वतमान अध्यक्ष ढकालमाथि समयमै काम गर्न नसकेको र पुरानो तरिकाले काम गर्दै आएको महासचिव गुरुङ पक्षधरको आरोप छ ।

ढकालले भने २ वर्षे कार्यकालमा अझैं काम बाँकी भएकाले आफुले उम्मेदवारी दिएको बताए ।

अधिवशनले १७ सदस्य नयाँ कार्य समिति चयन गर्ने छ । दुई दिनसम्म चल्ने सो कार्यक्रमको तालिका अनुसार भोली निर्वाचन हुनेछ ।

संघको निर्वाचनमा ८ सय ४६ व्यवसायीमात्र मतदानका लागि योग्य भएका छन् । मतदाताहरुको अन्तिम नामावली सनिवार प्रकाशित हुने संघले जनाएको छ ।

 

...

शुक्रबार, ३० असार, ०७४

प्रतिक्रिया

Related