स्थानीय निर्वाचनमा नेता र जनताबीचको वार्तालाप

नेता – लाख–करोड खर्च गर्छु मैले टिकट पाएमा

          विकास त झ्याम्म गर्छु मै नै आएमा
जनता–यस्ता खर्च नेताज्यू, विकासमा लाए त
          भोट तिम्लाई भोकहड्तालले मुक्ति पाए त

नेता–कार्यकर्ता पाल्नै परो प्रचार त गर्नलाई
        भोट पनि किन्नै परो जितमा पर्नलाई
जनता –निर्वाचनमा गर्ने खर्च विकासमा गरन
           उत्पादन र रोजगार बृद्धि गर्न सरन

नेता–जितेपछि उत्पादन र रोजगार वृद्धि गर्नेछु
      जनताकै हितका खातिर अघि सर्नेछु

जनता–निर्वाचनमा गर्या खर्च उठाउने कसरी
      जितेपछि घुस खान्छौ की भैंसी जसरी

नेता –इमान्दार भैं गर्छु जनताका सवै काम
        ठेक्का पट्टा लिन्छु–दिन्छु खान्छु अनि माम
जनता–जितेपछि नेताज्यू के को गथ्र्यौ हाम्रो काम
         कसो गरी पुस्तौ पुराउ लाउछौं साम–दाम

नेता–यो ज्यान सबै लाएको छु जनसेवा गर्नलाई
      भोट दिनु राम्रो छानी विकास गर्नलाई
जनता– जनताको इच्छा र जस्ले बुझ्छ मर्का पीर
          भोट दिउँ न खवरदार को लगाएर तीर ।।

२०७४/०३/१२ मा रचना गरिएको

 

बिन्ती पत्र नथमाऊ है...
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।

गोर्खा हाम्रो पहिचान इतिहास बोकेको
गोर्खाल्याण्ड इन्डियनले किन घोकेको ?
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।

भाँडा माझ्छौं, खनजोत गर्छौ मेहनत गर्दछौं ।
देशको खातिर मर्नु परे अघि सर्दछौं
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।

गर्व गर्छौ संसारमा जहाँ कहीं रहेनी
मागी–लुटी खादैंनौ नी गरिब भएनी
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।
बहुजाति, बहुभाषी पहिचानवादी नेपाली
जहाँ जान्छौं पौरख गर्छौ शीर उचाली
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।

छिमेकी मोदी–तर हामी कहिल्यै चाड्दैनौं
स्वाभिमान उच्च राख्छौं कहिल्यै झुक्दैनौं
नेताज्यू, तिमी हामी हौं भने त यो घरका एउटै जा’न
विन्तीपत्र नथमाउ है गुम्ला पहिचान ।

२०७४/०३/१२ मा रचना गरिएको

 

...
शुक्रबार, ३० असार, ०७४

 

प्रतिक्रिया

Related