कोरियामा कामदारको तलब बढ्यो, न्यूनतम १ लाख ४३ हजार

निर्माण सञ्चार, काठमाडौं|| कोरियामा कामदारहरुको तलबमा भारी वृद्धि भएको छ । त्यहाँको सरकारले गरेको निर्णय अनुसार अब कोरियाका कामदारको न्यूनतम तलब नेपाली रुपियाँ अनुसार १ लाख ४२ हजार ७ सय ४७ रुपियाँ पुगेको छ ।

सो निर्णय आगामी वर्ष सन् २०१८ देखि लागु हुनेछ । कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएपछि सो तलब पुगेको हो । अहिले कोरियामा ४५ हजार भन्दा बढी नेपाली कामदार रहेका छन् ।

कामदारको तलब प्रतिघण्टा तलब वृद्धि भए पश्चात् ७५३० कोरियन वान अर्थात झण्डै ६८३ नेपाली रुपियाँ पुगेको छ ।

कोरियामा सन् २०२२ सम्ममा प्रति घण्टा १० हजार वान तलब पुर्याउने सरकारी लक्ष्य छ । गतवर्ष पनि कोरिया सरकारले ७ प्रतिश तलब वृद्धि गरेको थियो ।

 

...

आइतबार, १ साउन, २०७४

प्रतिक्रिया

Related