६८ हजार सहभागी कोरियन भाषा परीक्षामा १२ हजार १०८ उत्तीर्ण, हेर्नुहोस् नतिजा

मेसिनबाटै कापी जाँचिने यो प्रणाली अन्तर्गत गत वर्ष भन्दा ३ गुणाले बढी संख्या लिइएको
निर्माण सञ्चार, काठमाडौं । यसपालि लिएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

इपिएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए अनुसार ६८ हजार बढीले दिएको भाषा परीक्षा मध्ये १२ हजार १०८ उत्तीर्ण भएका छन् ।

उनले कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएको बताए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो ।

तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको उनले बताए ।

कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिट्याज्ड गरेर कोरिया लाने गर्छ र मेसिनको प्रयोगद्वारा ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको खतिवडा बताउँछन् ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

उत्तीर्ण सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने इपिएस शाखाले जनाएको छ । पास भएकालाई रोस्टर लिस्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने चलन छ ।

स भाषा परीक्षा पास हुनेहरुका लागि आउँदो फेब्रुअरीबाट मेडिकल लगायतका प्रक्रिया सुरु हुने स्रोतले बतायो ।

यस्तो छ परीक्षाको नतिजा

 

 

...

मंगलबार, १० साउन, ०७४

 

प्रतिक्रिया

Related