अहिले हाम्रो त्रिनेत्र खुलेको छ, तातोपानी नाका खुल्नु पर्छ— टंक कार्की

२० कात्तिक, निर्माण सञ्चार ।

अहिले हाम्रो त्रिनेत्र खुलेको छ, यसै गरी तातोपानी नाका खुल्नु पर्छ— टंक कार्की

अरनिको राजमार्गको यो नाका केरुङ लगायत अन्यभन्दा पक्का, सुरक्षित बाटो र चिन बजारसँगको सहज पहँच भएको प्रमुख नाका हो यसबाट सिन्धुपाल्चोक, काभ्रे र काठमाडौं मात्रै हैन नेपालको अर्थतन्त्रमा पूर्वको नाकासरह महत्त्वपूर्ण भूमिका छ भन्ने राज्यले भुल्नु भएन— अरुण नेपाल

उत्तरपट्टिको तातोपानी नाका दुई प्रमुख नाकामध्ये मात्रै हैन विश्वको पहिलो आर्थिकशक्तिसँगको ढोका हो भन्ने हामीले भुल्यौँ, भूकम्पलगत्तै नखोल्नाले दुख पायौं— सुरेन्द्र पाण्डे

बिहीबार साँझ नेपाल र चीनबिच जोडिएका सम्भावित सात नाका चाँडै सुचारु गर्ने सम्झौता भएलगत्तै चीनसँग लामो समयदेखि चलिरहेको अरनिको राजमार्गमा पर्ने तातोपानी नाका खुलाउनेबारे एमाले सिन्धुपाल्चोकले आज राजधानीमा अन्तक्रिया कार्यक्रम गर्याे ।

अन्तक्रियामा बोल्दै चीनका लागि पूर्वराजदूत टंक कार्कीले भारतले आफ्नो हेजेमोनी लाद्न उठाएको कदमले पनि नेपालको त्रिनेत्र खुलेको अब दूरगामी रुपले चीनसँग पनि कारोबार गर्दा हामीलाई आर्थिक स्वाधिनताको नयाँ मार्ग खुल्ने बताए ।

त्यस्तै एमाले नेता कार्कीले भने, ‘मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरे पनि भारतमा नेपालका पक्षमा ब्युरोक्रेसीदेखि प्रमुख राजनीतिक दल, बुद्धिजीवी, पत्रकार, लेखक र सरकारी एउटा खेमासमेत मोदी सरकार विरुद्ध चिरा परेर उभिएको हाम्रा लागि सुखद पक्ष हो’ उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले नेता सुरेन्द्र पाण्डेले स्वाधीन तथा स्वतन्त्र अर्थतन्त्रका लागि चीनसँग पनि पहिलेदेखि नै हात बढाउनु पर्नेमा जोड दिए । उनले भने, ‘उत्तरतिरको नाका केबल तातोपानी नाका होइन, त्यो त विश्वको महाशक्ति, पहिलो अर्थतन्त्रको केन्द्र चीनसँगको ढोका हो, त्यसको सदुपयोग गर्न हामी चुक्यौं, अब दूरगामी नीतिका साथ अघि बढ्नु पर्छ ।’

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको आयोजनामा बागबजारमा गरिएको सो कार्यक्रममा एमाले नेता तथा अनुशासन आयोग प्रमुख अमृत बोहोरा, सिन्धुपाल्चोक क्षेत्र नं ३ का सभासद् शेरबहादुर तामाङ, तातोपानी भन्सार अधिकृत पोखरेललगायत विभिन्न राजनीतिक दलका जिल्ला प्रमुखहरुले पनि तातोपानी नाकालाई व्यवस्थित गरी खुलाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा एमाले नेता अरुण नेपालले ‘तातोपानी नाका सुचारु गर्न आयोजित अन्तक्रिया कार्यक्रममा प्रस्तुत संक्षिप्त जानकारी पत्र’ नामक पेपर प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Related