उत्तर कोरियासँग डरायो अमेरिका ? प्योङयाङसँग वार्ता गर्ने ट्रम्पको प्रस्ताव

निर्माण सञ्चार, काठमाडौं । अमेरिकासम्मै मार हान्न सक्ने परमाणु हतियार उत्तर कोरियाले बनाएको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्योङयाङ (उत्तर कोरिया राजधानी)सँग वार्ता गर्ने प्रस्ताव अघि सारेको छ ।

उत्तर कोरियाको परमाणु हतियारको परीक्षणले अमेरिकामात्रै नभई पुरै विश्वमा खतराको अवस्था सिर्जना भएपछि यसअघि नाकाबन्दीको चेतावनी दिँदै आएको ट्रम्प प्रशासनले वार्ताको प्रस्ताव अघि सारेको हो ।

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले उनको मुलुकले उत्तर कोरियाली सरकार गिराउन नखोजेको बरु प्योङयाङसँग वार्ता गर्न चाहेको बताएका छन् । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणपछि बढेको तनावमाझ अमेरिकी विदेश मन्त्री टिलरसनले प्योङयाङलाई भनेका छन्, ‘हामी तिम्रा शत्रु होइनौं ।’

उनले प्योङयाङको बलिस्टिक क्षेप्यास्त्र परीक्षण अमेरिकाका लागि ‘अस्वीकार्य खतरा’ भएको बताए । त्यो परीक्षणका कारण वासिङटनले त्यसको प्रतिक्रिया दिनैपर्ने अवस्था आएको उनले बताए । टिलरसनले भनेका छन्, “हामी तिम्रो (उत्तर कोरियाको) सरकार ढाल्न चाहदैनौंस हामी कोरियाली प्रायद्वीपको तीव्र गतिको एकीकरण चाहदैनौं । हामी तिम्रो शत्रु होइनौं तर हामीलाई अस्वीकार्य हुने खतरा सृजना गरेर हामीलाई प्रतिक्रिया दिन बाध्य नपारियोस् ।’

एकजना वरिष्ठ सिनेटरले राष्ट्रपति ट्रम्पले युद्धमा जाने कुरा गरेको भनेको बताएको केही दिनपछि टिलरसनको पछिल्लो प्रतिक्रिया आएको छ । गत शुक्रबार उत्तर कोरियाले गरेको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षणसंगै प्योङयाङले आफ्नो क्षेप्यास्त्र अब अमेरिकाको सबै भूभागमा पुग्न सक्ने दाबी गरेपछि अमेरिका, दक्षिण कोरिया र जापान दबाब र त्रासमा छन् । – बीबीसी

 

...

बुधबार, १८ साउन २०७४

प्रतिक्रिया

Related