काठमाडौं महनागरमा घरधनीले नै तिर्दैनन् घरबाहल कर, के गर्लान् मेयर शाक्यले ?

७८ प्रतिशतले तिर्दैनन् घरबहाल कर, कानुनको अभाव, कानुनै नभएबारे वर्षाैंसम्म के हेर्यो सरकारले ?
निर्माण सञ्चार । महानगरले नेतृत्व पाएलगत्तै काठमाडौँ महानगरपालिकाका घरधनीले घरबहाल कर नतिरेको विषय बहसमा आएको छ ।

अध्यनन अनुसार काठमाडौं महानगरबासी ७८ प्रतिशत घरधनीले घरबहाल कर तिर्ने गरेका छैनन् । तिर्नेहरुमा २२ प्रतिशत मात्रै रहेको देखिएको छ ।

कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नभएको स्वीकार गरे । कानुनको अभावमा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर नतिर्दा पनि राज्य मौन बसेको छ ।

हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरपतिबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ ।

‘कुनै कानुनी आधारमा रहेर यस किसिमको काम हुने गरेको छैन’, प्रमुख काफ्लेले भने ।

पछिल्लो समय कामपामा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको ठम्याइ छ ।

घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक रु १२ करोडसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ ।

नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन ।

पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहुँदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार कामपालाई छैन ।

 

 

.... रासस ।

...

शनिबार, ३ असार, ०७४

 

प्रतिक्रिया

Related