लुम्बिनी बिद्युत् कम्पनीद्वारा ‘इलेक्ट्रिसियन मिट’

निर्माण सञ्चार, काठमाडौं|| लुम्बिनी बिद्युत् कम्पनी प्राइभेट लिमिटेडले राजधानीमा इलेक्ट्रिसियन भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं उपत्यकामा कार्यरत इलेक्ट्रिसियनहरुको उल्लेख्य सहभागिता रहेको उक्त अवसरमा इलेक्ट्रिक केबलसम्बन्धी प्राविधिक जानकारी दिइएको थियो ।

सो अवसरमा कम्पनीले आफ्ना उत्पादनहरुको बारेमा समेत इलेक्ट्रिसियनहरुलाई जानकारी उपलब्ध गराएको थियो ।

कार्यक्रममा कम्पनीका निर्देशक आनन्द मल बैदले गुणस्तरीय केबल छनौट गर्ने विषयमा प्रष्ट पारे । उनले आगामी दिनमा इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने बताए ।

कार्यक्रममा लक्की ‘ड्र’ बाट केही सहभागी इलेक्ट्रिसियनहरुलाई ‘गिफ्ट ह्यम्पर’ समेत प्रदान गरिएको थियो ।

 

...

आइतबार, ४ असार, ०७४

प्रतिक्रिया

Related