कसलाई पर्यो भाग्य चिठ्ठा ? काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ पीडितलाई ट्याक्सी वितरण

निर्माण सञ्चार, काठमाडौं|| २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितलाई ट्याक्सी वितरण गर्ने सरकारी निर्णय अनुसार तीन जिल्लामा ट्याक्सी वितरण गरिएको छ ।

पहिलो चरणमा काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ जना पीडितलाई ट्याक्सी वितरण गरिएको हो । फर्म भर्नेहरूमध्येबाट गोला प्रथा गरि पीडितको भाग्य निर्धारण गरिएको हो ।

तीन चरणमा भूकम्प अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई ट्याक्सी वितरण गर्ने कार्यक्रम अनुसार भोली बिहीबार र शुक्रबार पनि सो कार्यक्रम हुने छ ।

भोली बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ५ सय १३ वटा ट्याक्सी वितरण गरिने कार्यक्रम भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले बताए ।

यता पर्सी शुक्रबार ९ गते भने काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ट्याक्सी वितरण गरिने छ । ती जिल्लामा ४ सय ९६ वटा ट्याक्सी वितरण हुनेछन् ।

सरकारले ०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई १५ सय वटा ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

ललिपुरको फुटबल मैदान च्यासल ग्राउन्डमा बिहानको ८ बजे देखि ट्याक्सी वितरण सुरु भएको हो । र, बाँकी जिल्लाहरुमा पनि त्यही स्थानबाट वितरण गर्ने कार्यक्रम छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले ट्याक्सी वितरण प्रणाली अत्यन्त पारदर्शी भएको बताए । उनले सबैले देख्ने गरी गोला प्रथा गरिएकोले निष्पक्ष भएको उनको दाबी छ ।

१५ सय ट्याक्सीका लागि १ लाख ४७ हजार १ सय ५८ ले आवेदन परेका थियो । विभागले गत वर्षको साउन ५ गतेदेखि भदौ २ गतेसम्म आवेदन फारम भर्न सक्नेगरी सूचना प्रकाशन गरेको थियो ।
आवेदन भर्नेहरुबाट विभागले १ करोड ४७ लाख १ हजार रुपैयाँ राजश्व पनि संकलन गरेको थियो ।

ट्याक्सी पर्नेहरुलाई विभागले नै फोन गर्ने वा सम्बन्धित जिल्ला कार्यलयबाट खवर गरिने यातायात विभागले जनाएको छ ।

र, यो पनि  

काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ पीडितलाई ट्याक्सी वितरण

भूकम्पपीडितका ट्याक्सी वितरण नसक्दै चलाउन प्रतिबन्ध

 

थप जानकारी लिनु परेमा

तपाईको भूकम्प पीडित नम्बर र ट्रयाक्सीका लागि भरेको फारम नम्बर मिलेको छ भने तपाई उपस्थित नहुँदा पनि फोन गरेर जानकारी गराउँछ । 
तपाईको फोन नम्बर, जिल्ला सबै मिलेको त होला नि । जिल्लामा समेत सम्पर्क गरेर तपाईलाई बोलाउँछ । 
यदि तपाईका लागि ट्रयाक्सी परेकै हो भने, यातायात व्यवस्थाविभागमा सम्पर्क गर्नु होला । 
यहाँ क्लिक गरेर तपाई आफ्नो नाम परे नपरेको खोज्न सक्नु हुने छ । कार्यालयका प्रवक्ता टोकराज पाण्डेलाई तलको नम्बरमा फोन गरेर बुझ्न सक्नु हुनेछ । अथवा इ–मेल गरेर पनि आफ्नो बारे कुरा राख्न सक्नुहुनेछ ।
मीनभवन, काठमाडौ 
फोन : ०१-४४७४९२१ 
फ्याक्स : ०१-४४७४९२२ 
इमेल : info@dotm.gov.np
वेभसाइट : www.dotm.gov.np

 

 

 

...

बुधबार, ७ असार, ०७३

प्रतिक्रिया

Related