अब सवारी नियम उल्लंघन गर्दा ५० हजार जरिवाना !

निर्माण सञ्चार, काठमाडौं|| महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लंघन गर्नेलाई ५० हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

व्यवस्थापिका संसदको उद्योग, बाणिज्य तथा उपभोक्ता हित समिति सम्बन्धीको उप–समिति बैठकमा महाशाखाले उक्त प्रस्ताव राखेका हो ।

महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले सवारी दुर्घटना चालकको लापर्वाहीबाट धेरै हुने गरेको भन्दै सो प्रस्ताव राखेका हुन् ।

‘नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई ५० हजार जरिवाना नगरी राजधानीको सवारी व्यवस्थापन सहज हुन्न’ प्रमुख डिआइजी लामाले भने, ‘थोरै जरिवानाका कारण नियम उल्लघंन घटेको छैन ।’ उनले ५० हजार जरिवाना गर्ने हो भने ट्राफिक नियम उल्लंघन गर्नेको संख्या अत्याधिक कम हुने दाबी गरे ।

लामाले सवारी सधान तथा चालकलाई गरिने जारिवानाको जोखिम न्युन भएकाले उनीहरु नियम उल्लघंनका लागि थप प्रोत्साहित भैरहको आरोप पनि लगाए ।

हाल उपत्यकामा एकदिनमा २२ सय देखि २४ सयको हाराहारीमा सवारी साधनहरु कारवाहीमा पर्ने गरेका छन् ।

 

...

बुधबार, ७ असार, ०७३

प्रतिक्रिया

Related