भूकम्पपीडितका ट्याक्सी वितरण नसक्दै चलाउन प्रतिबन्ध

निर्माण सञ्चार, काठमाडौं|| १२ वैशाख २०७२ को भूकम्पबाट घरबास गुमाएका पीडितलागि वितरण गरिएको ट्याक्सी काठमाडौं महानगरपालिका भित्र कुदाउन प्रतिबन्ध लगाइएको छ ।

१५ सय पीडितलाई वितरण गर्न लागिएको सो ट्याक्सीलाई काठमाडौं महानगरपालिकाको निर्णय वाधक बनेको हो । 

महानगरपालिकाको हिजो बुधबार बसेको नगर बैठकले नयाँ सवारी थप्दा महानगरमा अझै जाम बढ्ने भन्दै पीडितका ट्याक्सी कुदाउन प्रतिवन्ध लगाउने निर्णय भएको थियो ।

सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत ट्याक्सी वितरण गर्दै छ ।

पहिलो चरणमा आज बिहीबार काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ जना पीडितलाई ट्याक्सी वितरण गरिएको छ ।
भोली बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ५ सय १३ वटा ट्याक्सी वितरण गरिने कार्यक्रम भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले बताए ।

यता पर्सी शुक्रबार ९ गते भने काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ट्याक्सी वितरण गरिने छ । ती जिल्लामा ४ सय ९६ वटा ट्याक्सी वितरण हुनेछ ।

र, यो पनि

७, ८ र ९ गते १५ सय भूकम्पपीडितलाई ट्याक्सी वितरण गरिदैं, कस्लाई पर्छ भाग्य चिठ्ठा ?

कसलाई पर्यो भाग्य चिठ्ठा ? काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ पीडितलाई ट्याक्सी वितरण

 

...

बुधबार, ७ असार, ०७३

प्रतिक्रिया

Related