कसलाई पर्यो ट्याक्सी चिट्ठा ? १५ सय भूकम्पपीडितको हेर्नाेस् नाम र जिल्ला सहित

निर्माण संचार, काठमाडौँ | भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्प पीडितका लागि पूर्व प्रक्रिया अनुसार ट्याक्सी वितरण भएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार गोलाप्रथाबाट अन्तिम परिणाम निकाल्दै १५ सयवटै ट्याक्सी वितरण गरेको हो । योसँगै ट्याक्सीको नम्बर प्लेटको चिठ्ठा पनि सकेको छ ।

शुक्रबार ४ सय ९५ ट्याक्सीका लागि गोलाको परिणाम घोषणा भएको थियो । यसअघि भूकम्पप्रभावित ६ जिल्लाको पनि गोलाप्रथा भइसकेको विभागले बतायो ।

शुक्रबार काठमाडौंका ९५, गोरखाका ७८, धादिङका ११७, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१र ओखलढुंगा र रसुवाका ३०र३० भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका हुन् ।

अस्ति बिहीबार ५१३ भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका थिए । बिहीबार सिन्धुपाल्चोक, दोलखा र सिन्धुली पीडितहरुले ट्याक्सीको नम्बर पाएका हुन् ।

काठमाडौं च्यासलमा गरिएको गोलाप्रथाबाट सिन्धुपाल्चोकका २५३, दोलखाका २१४ र सिन्धुलीका ४६ पीडित परिवारले ट्याक्सीको प्लेट पाएका थिए ।

यो पनि 

त्यस्तै, बुधबार भूकम्प प्रभावित ३ जिल्लाका ४९१ जनाले ट्याक्सीको नम्बर पाएका थिए । अघिल्लो सरकारले भूकम्प पीडितका लागि उद्यमशीलता अन्तर्गत यातायात व्यवस्था विभाग मार्फत् गतव वर्ष नै ट्याक्सीका लागि पीडितको आवेदन लिएको थियो ।

यो पनि 

सिन्धुुपाल्चेक, दोलखा र सिन्धुलीका ५१३ जना भाग्यमानी भूकम्प पीडितले पाए ट्याक्सी

झन्डै वर्ष दिन पछि गत बुधबारदेखि गोलाप्रथा सुरु गरेको थियो । बुधबार काभ्रेका २०१ नुवाकोटका १२५ र रामेछापका १६५ पीडितले गोलाप्राथाबाट ट्याक्सीको नम्बर प्लेट पाएका थिए ।

यो पनि

यी हुन् ट्याक्सी पाउने भाग्यमानी भूकम्पपीडितहरु (नामावली सहित)

रामेछाप

काभ्रे

नुवाकोट

सिन्धुपाल्चोक

गोर्खा

दोलाखा

सिन्धुली

काठमाडौँ

भक्तपुर

ललितपुर

मकवानपुर

धादिंग

ओखाल्दुंगा

रसुवा

 

...

 शनिबर, १० असार, ०७४

 

 

प्रतिक्रिया

Related