काठमाडौं महानगरको ५ करोड सहयोग पछि साझाले जेष्ठ नागरिकलाई भाडा नलिने, अपाङ्गले पनि पुरै छुट पाउने

निर्माण सञ्चार, काठमाडौं|| नयाँ बस संचालनका लागि काठमाडौं महानगरले साझा यातायातलाई ५ करोड रुपियाँ प्रदान गर्ने भएको छ ।

त्यस्तै साझाले अब जेष्ठ र अपाङ्ग नागरिकको भाडामा पुरै छुट गरेको छ । साझा यातायात र काठमाडौं महानगरबीच नयाँ बस खरिदका लागि २०७३ पुस ६ गते सम्झौता भएको थियो ।

साझाका अनुसार नयाँ बस खरिदको सम्पूर्ण प्रक्रिया पूरा भईसकेको छ । आगामी १ सय २० दिनभित्र सडकमा साझाका नयाँ बस गुड्ने छ । हाल साझा यातायातले काठमाडौं महानगरको सहर्कायमा उपत्यकाको सडकमा ३० वटा बस संचालन गरिरहेको छ ।

ती बस संचालनका लागि महानगरकातर्फबाट १० करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त गरिसकेको छ । अब थप हुने १२ वटा बससँगै साझाका ४२ वटा बस राजधानीमा सञ्चालन हुने भएको छ ।

 

...

मंगलबार, १३ असार, ०७४

प्रतिक्रिया

Related