ओलीको भाषणमा सुन्तलीको आँसु– धुर्मसले भने ‘जननेता भण्डारीको सम्मान ओझिलो र प्रेरणादायी’

निमार्ण सञ्चार, काठमाडौं|| जननेता मदन भण्डारीको ६६ औँ जन्मजयन्तीको अवसारमा आज ‘धुर्मससुन्तली फाउन्डेन’ सम्मानित भएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल उर्फ ‘धुर्मस’ तथा फाउन्डेसनका कोषाध्यक्ष कुञ्जना घिमिरे उर्फ ‘सुन्तली’ सम्मानित भए ।

पुरस्कार पूर्वप्रधानमन्त्रि तथा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरणसँगै ओलीले धुर्मस–सुन्तलीलाई नमुना जोडीको संज्ञा दिए । उनले धुर्मस–सुन्तलीको ‘नमुना नेपाल’ मेघा प्रोजेक्ट भन्दै सम्मान गरे ।

‘हातमा केही नभएका धुर्मस–सुन्तली आज ५ अर्बको मेघा प्रोजेक्ट अघि सारेका छन्, यो चानेचुने सपना होइन’ ओलीले भन्दै थिए, सुन्तली गहभरी आँसु जम्मा पारेकी थिइन् ।

ओलीले हिमाल पहाड र तराई जोड्न अघि सारेको योजनामा आफ्नो साथ रहने बताए ।

पुरस्कार ग्रहण सँगै फाउन्डेसका अध्यक्ष धुर्मुसले जननेता भण्डारी जस्ता उच्च व्यक्तित्वको नाउँमा सम्मान पाउनु ओजिलो र प्रेरणादायी विषय भएको बताए । पुरस्कारले आगामी दिनमा अघि बढ्ने पाइला झनै बलियो भएको बताए ।

र यो पनि,

धुर्मुस-सुन्तलीको ‘ड्रिम प्रोजेक्ट’, यस्तो छ नमूना नेपाल (भिडियोसहित)

त्यस्तै सुन्तलीले पुरस्कार ग्रहण गर्दै आफ्नो मन्तव्य प्रस्तुत गर्नु अघि निकै भावुक बनेको बताइन् । उनले नमुना नेपालको परियोजनामा सहयोग गर्न समेत आग्रह गरिन् ।

‘नेपालमा ३ करोड नेपाली छन्, प्रति व्यक्ति २ सय सहयोग भयो भने ५ अर्ब रुपियाँको नमुना नेपाल बनाउन सहजै सकिन्छ’ सुन्तलीले भनिन् ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले धुर्मुस–सुन्तलीलाई सम्मान गर्न पाउँदा खुशि लागेको बताइन् । उनले देशका प्रेरक व्यक्तित्वलाई वार्षिक रुपामा पुरस्कार वितरण गर्दै आएको जानकारी दिइन् ।

पुरस्कारको राशी एक लाख एक रुपियाँ रहेको छ ।

 

...
बुधबार, १४ असार, ०७४

प्रतिक्रिया

Related