मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कमल कोइरालालाई

निर्माण सञ्चार, काठमाडा|| बरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने गरी स्थापना गरिएको उक्त अवार्ड यस वर्ष कमल कोइरालालाई प्रदान गरिने भएको हो । नेकपा एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनौत समितिले कोइरालालाई छानेको हो ।

विगत पाँच दशकदेखि लेखन तथा सम्पादनमा संलगन कोइराला दृष्टि, जनआस्था, साँघु, अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुन् । पुरस्कारको राशी ५० हजार छ ।

 

...

बिहीबार, १५ असार ०७४

प्रतिक्रिया

Related