विश्व महिला नेतृत्व सञ्जालको नेपाल च्याप्टर गठन, महिला सहकारीकर्मीहलाई सहयोग गर्ने

निर्माण सञ्चार, काठमाडौं|| विश्व महिला नेतृत्व सञ्जालको नेपाल च्याटरको गठन भएको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक शान्ति अधिकारीको नेतृत्वमा ३४ सदस्यीय सिस्टर सोसाइटी नेपाल च्याप्टरको गठन भएको हो ।

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष भगवती घिमिरे र एशियाली ऋण महासंघ(अक्कू)का प्रमुख कार्यक्रम अधिकृत एलिनिता सान रोक्यूले च्याप्टरको उद्घाटन गरिन् ।

नेफ्स्कनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अक्कूका प्रमुख कार्यकारी अधिकृत रोक्यूले सञ्जालको सदस्यताको पहिचान गराउने पिङ्क स्कार्फ लगाइ दिएर औंपचारिकता प्रदान गरिन् ।

अक्कूका अध्यक्ष सुसानले स्काइपमार्फत अमेरिकाबाट कार्यक्रममा उपस्थित महिला सहकारीकर्मीहरुलाई सम्बोधन गरिन् । उनले नेपाली महिला र समग्र जीवन पद्धतिलाई परिवर्तन गरेर समृद्ध बनाउनु नै संघको मूल उद्देश्य भएको बताइन् ।

सन् २००९ बाट विश्व ऋण परिषदले नेतृत्व लिई १०८ देशहरुमा विस्तार भैं करोडौं मानिसहरुलाई आबद्ध गराई महिलाका वित्तिय क्षेत्रका विभिन्न सवालमा काम गर्दै आएको छ ।

कार्यक्रममा नेफ्कुनका गतिविधि, सहकारीमा महिला सहभागिता र विश्व महिला नेतृत्व सञ्जालले सहकारीकर्मी महिलाका क्षेत्रमा गर्ने कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरामा महिला सहकारीकर्मीलाई उद्यमी बनी दिगो विकासका लक्ष्य पूर्तिका सवालमा अधि बढ्न आग्रह गरियो ।

कार्यक्रममा नेपालभरका बचत तथा ऋण सहकारी संस्था (साकोस) बाट १४८ जना महिला सहकारीकर्मीको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले महिला सहकारीकर्मीले समाजमा स्वभाव र संस्कार परिवर्तन गर्दै उद्यमशील भई वित्तिय पहूँचमा अगाडि बढी राष्ट्रिय योगदानमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

  • प्रस्तुति/ सरस्वती चौलागाई
  • तस्विर/ कल्पना भूजेल

प्रतिक्रिया

Related