झमक घिमिरेको ३७ औं जन्मदिन– ओली देखि राट्रकवि सम्म

निर्माण सञ्चार, काठमाडौं|| साहित्यकार झमक घिमिरेको ३७ औं जन्म दिनको मनाइएको छ । आज ललितपुरको रातो बंगला स्कुलमा विशेष कार्यक्रम गर्दै घिमिरेको जन्म दिन मनाइएको हो ।

उक्त अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली, संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्र कवी माधवप्रसाद घिमिरे, अंगुरबाबा जोशी, अनुराधा कोइरालाले जन्म दिनको अवसरमा शुभकामना दिएका थिए ।

त्यस्तै एमाले नेताहरु शंखर पोखरले, प्रदिप ज्ञवाली, आनन्द पोखरेल तथा विभिन्न संघसंस्थाको उपस्थितिले घिमिरेलाई शुभकामना दिएका थिए ।

सो अवसरमा झमकको जीवनमा आधारित ‘जीवन काँडाकी फुल’ नामक चलचित्र प्रदर्शन गरिएको थियो । शारीरिक रुपमा अशक्त भएर पनि घिमिरेको साहित्यिक यात्रा बलियो बन्दै गएको भन्दै उनका शुभेच्छुकले खुशी प्रकट गर्दै आएका छन् ।

 

...

बुधबार, २२ असार, ०७४

प्रतिक्रिया

Related