बिमा शुल्क दर घट्यो, कुन बिमाको कति शुल्क ? हेर्नुहोस्

सवारी साधन बीमा मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम कायम रहने
निर्माण सञ्चार, काठमाडौं । ठिक यतिबेला बिमा समितिले निर्जीवन बिमा व्यवसाय तर्फको बिमा शुल्क घटाएको छ ।

ठुलो हेरफेर गर्दै समितिको पछिल्लो वैठकले अग्नि, सामुद्रिक तथा अन्य बिमा अन्तर्गत हाल कायम रहेको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य र आतङ्ककारी तथा विध्वंसात्मक कार्यको बिमाशुल्कको दर घटाएको हो ।

आगामी साउन १ गतदेखि नयाँ बीमा शुल्क दर लागू हुने समितिले बताएको छ ।

के कस्तो छ त नयाँ दर ?

नयाँ दर अनुसार भवन बिमातर्फ निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेन्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शुल्क बिमांक रकमको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ ।

यस्तै वेयर हाउस तथा गोदाम बिमा तर्फको भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ ।

अन्य स्थानमा रहेको बन्द वेयर हाउस वा गोदामको बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको समितिको भनाइ छ ।

समितिका अनुसार भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुल्ला वेयर हाउस वा गोदाम बिमातर्फको बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ५२ पैसाबाट घटाएर ४० पैसा कायम गरिएको हो ।

अन्य स्थानमा रहेको खुल्ला वेयर हाउस वा गोदा बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ८० पैसाबाट घटाएर अब ६० पैसा कायम गरिएको छ ।

कलकारखाना बिमा तर्फ

कलकारखाना बिमा तर्फको कल कारखाना÷म्यानुफ्याक्चरिङ्ग जोखिम तथा सोको परिसर भित्र रहेको भवन तथा सरसामान बिमामा बिमांक रकमको प्रतिहाजर बिमांकमा ५० पैसाबाट ४० पैसा कायम गरिएको छ ।

यस्तै पसल स्टोर (थोक वा खुद्रा) शो रुम र बजार बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा १ रुपियाँ ४ पैसाबाट ८० पैसा कामय गरिएको छ । मनोरंजन स्थलतर्फको बिमामा चलचित्र भवन, प्रदर्शनी मण्डप, मेला वा मनोरञ्जन गर्ने पार्क, सर्कस बीमा शुल्क दर बिमांक रकमको प्रतिहजार बिमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको छ ।

यस्तै संचार स्थल तर्फको बिमामा रेडियो/टेलिभिजन स्टेशन वा प्रसारण स्थल र दूरसंचार बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा तोकिएको छ ।

विद्युत् स्टेशन सम्बन्धीको सार्वजनिक विद्युत् शक्ति स्टेशन, विद्युत प्रसारण तथा वितरण प्रणाली बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ ।

रित्तो वा निर्माणको क्रममा रहेको भवन बीमाको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ ।

अग्नी बिमा अन्तर्गत हाल कायम रहेको द्वेशपूर्ण कार्यको बिमाशुल्क दर बिमाङ्कको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बिमाङ्कको ५ पैसा कायम गरिएको छ ।

व्यक्तिगत दुर्घटना बिमालेख अन्तर्गत हाल १० लाख रुपियाँसम्मको बिमाङ्कमा बिमाशुल्क दर बिमाङ्कको १० पैसा प्रतिहजार र १० लाख रुपियाँभन्दा बढी बिमाङ्कमा बिमाशुल्क दर बिमाङ्कको २५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख रुपियाँसम्मको बिमाङ्कमा १० पैसा प्रतिहजार र २० लाख रुपियाँभन्दा बढीको बिमाङ्कमा २५ पैसा प्रतिहजार कायम गरिएको छ ।

गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्वेशपूर्ण कार्य र विध्वंसात्मक÷आतंककारी कार्यको जोखिमको संयुक्त बिमाशुल्क दर बिमाङ्कको २० पैसा प्रतिहजार कायम गरिएको छ ।

यसरी आतंककारी तथा विध्विंसात्मक कार्यको बिमाशुल्क दर पनि परिमार्जन गरिएको हो । जस अनुसार अग्नी बिमा अन्तर्गत बिमाङ्कको २० पैसा प्रतिहजार बिमाशुल्क दर कायम गरिएको छ भने इन्जिनियरीङ्ग बीमा अन्तर्गत बिमाङ्कको ४० पैसा प्रतिहजार बीमाशुल्क दर कायम गरिएको छ ।

सवरी साधन

सवारी साधन बीमा मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम कायम गरिएको छ ।

 

...

शुक्रबार, २३ असार, ०७३

 

प्रतिक्रिया

Related