जाम कम गर्ने ट्राफिकको नयाँ सूत्र– रिङरोडमा ठूला सवारी निषेध

‘पिक आवर’मा चल्न नपाउने
निमार्ण सञ्चार, काठमाडौं|| सवारी जाम बढ्दै गएपछि ट्राफिक प्रहरीले बुधबार देखि चक्रपथमा ठूला सवारी चलाउन निषेध गरेको छ ।

यस अघिनै सहरका भित्री भागमा दिउँसोको समयमा चलाउन निषेध गरेको ती सवारी भोलीबाट चक्रपथमा ‘पिक आवर’मा चलाउन निषेध गरिएको हो । निषेध गरिएका सवारीमा ट्रक, टिप्पर र मिनी ट्रक रहेका छन् ।

यातायात विभागको अनुसार विहान साँढे ८ बजेदेखि साँढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म त्यस्ता सवारीलाई निषेध गरिएको छ ।

यातायात व्यवस्था विभागको सरोकारवालाहरुसंगको बैठकमा समय सिमा हेरेर गर्ने निर्णय गरेको हो । जाम न्यूनीकरण गर्न नयाँ व्यवस्था उपयोगी हुने विभागको विश्वास छ ।

बैठक ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतसंग भएको थियो । यातायात विभागका प्रवक्ता डा टोकराज पाण्डेले कलंककीको जाम ठूला सवारीकै कारण भएको भन्दै चक्रपथमा नयाँ नियम लागु गरिएको बताए ।

रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ ।

 

...
मंगलबार, २७ असार, ०७४

प्रतिक्रिया

Related