वैदेशिक रोजगारमा मृत्यु भए ७ लाख पाउने

निर्माण सञ्चार, काठमाडौं|| सरकारले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका मृतक परिवारलाई थप ४ लाख रुपियाँ दिने भएको छ । हाल मृतक परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाउँदै आएको ३ लाख क्षतिपूर्तिमा सरकारले थप गरि ७ लाख बनाएको हो ।

मृतकका लागि ७ लाख क्षतिपूर्ति बनाउने निर्णय मन्त्रिपरिषदले समेत गरिसकेको छ । रोजगार प्रवद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार यो निर्णय यसै साताभित्र राजपत्रमा प्रकाशित हुने भएको छ । यो निर्णय राजपत्रमा प्रकाशित भएकै दिनदेखि लागु हने छ ।

त्यसपश्चात् मृतकका परिवारले बोर्डबाट पाउने थप ४ लाख क्षतिपूर्तिको विषयमा स्पष्ट हुनेछन् काफ्लेले बताए । मृतकका परिवारको क्षतिपूर्ति बीमा र अन्य क्षतिपूर्ति सहित लगभग २० लाख रुपियाँभन्दा बढी पुग्ने भएको छ । विभिन्न नितिअनुसार बीमा कम्पनीबाट मृतक कामदारका परिवारले १३ देखि १४ लाख रुपैयाँ सम्म पाउने गरेका छन् ।

पूर्व पूधानमन्त्री प्रचण्डले अघिल्लो वर्षको भदौ २३ गते संसदमा विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई सरकारले ७ लाख क्षतिपूर्ति बनाउने घोषणा गरेका थिए । करिब एक वर्षपछि सो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको छ । सम्बोधनकै क्रममा प्रधानमन्त्रिले क्षतिपूर्तिलाई ३ लाख बाट ५ लाख बनाउने प्रस्ताब गरेका थिए । फेरि २ लाख थप्ने घोषणा गरेपछि अन्योल सृजना भएको थियो ।

सरकारको विभिन्न चरणको छलफल पछि मात्रै मृतक परिवारलाई ७ लाख क्षतिपूर्ति दिने निर्णय भएको हो । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका मृतकहरुले पाउने क्षतिपूर्ति बढाउने पर्ने भनि श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव पारित भइसकेको छ । वैदेशिक रोजगार बोर्ड द्धारा विदेशमा ज्यान गुमाएका र अङ्गभङ्ग भएकाहरुलाई क्षतिपूर्ति दिइएने छ ।

बोर्डको कार्यलयमा पुग्ने पीडित परिवारजनले प्रधानमन्त्रीको घोषणा कार्यान्वयन नहुँदा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । अब भने यसै हप्ताबाट निर्णय कार्यन्वयनमा जाने भएको छ । कल्याणकारि कोषका लागि विदेशिने कामदारले १ हजार रुपियाँ जम्मा गर्दै आएका छन् ।

 

...

बुधवार, २८ असार, २०७४

प्रतिक्रिया

Related