उक्त अधिवेशन गोकर्णेश्वर नगरपालिका स्थित नेपाल अपाङ्ग संघकै हातामा सम्पन्न भएको हो ।
सहकारीले अपाङ्गताको क्षेत्रमा बेतबाँसको सामग्री निर्माण गरी आर्थिक उपार्जन बढाउने, बेतवासको सामान उत्पादन तथा बजारीकरण आयोजना संचालन गर्ने, अपाङ्गता भएका व्यक्ति एवं विपन्न्न महिलालाई वचत कार्यमा संलग्न गराउने भएको छ ।
साथै सामुहिक जमानी रहने गरी लघुबित्त कार्यक्रम सञ्चालन गर्ने समेत बताइएको छ ।
सो कार्यमा पुँजीगत स्रोत व्यवस्थापन गर्नको लागि नेफ्स्कुन, नेपाल राष्ट्र बैक, राष्ट्रिय सहकारी बैंक, विभिन्न वाणिज्य बैंकहरुसंग सहकार्य गर्ने निर्णय गरिएको छ ।
संस्थाले यसै साधारणसभामा विश्व महिला नेतृत्व सञ्जालको अष्टाबक्र सिस्टर सोसाइटी नेपाल गठन समेत गरेको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अपाङ्ग व्यक्तिहरुको आर्थिक सवलिकरण र हितमा सञ्चालन भएको सहकारीलाई आफूले सक्दो सहयोग गर्ने बताए ।
उनले आ.व ०७४/०७५ देखि नै सम्पूर्ण कर छुट गर्ने दावी गरे । संस्था सञ्चालनमा ल्याएको खगेन्द्र स्मृति छात्राबृत्ति कोषमा आफ्नो सहयोग रहने मेयर चालिसेले प्रतिबद्धता गरे ।
उनले गोकर्णेश्वर न।पा का प्रत्येक वडामा अपांग व्यक्तिहरुको पहुँच रहने गरी अपांगमैत्री शौचालय बनाउने कार्य पनि छिट्टै गर्ने जानकारी गराए ।
संस्थाले सञ्चालन गरेको खगेन्द्र स्मृति छात्रबृत्ति कोषमा २,१६,२०८ रुपियाँ पुगेको सहकारीका सचिव विदुरकुमार थापाले बताए ।
उनले अष्टाबक्र स्वास्थ्या उपचारकोष यसै सभाबाटै स्थापना गरी ५ लाख पुर्याउने लक्ष्य रहेकोे बताए ।
सोही रकमबाट सदस्यको स्वास्थ्य उपचारमा सहयोग, सहकारी खेलकुद, लघुवित्त, र विभिन्न स्वरोजगार मुलक तालिम लगायतका कार्यक्रम गर्ने सचिव थापाले जानकारी गराए ।
उनले सदस्यहरुको भावना अनुरुप जग्गा भाडामा लिएर आवास निर्माण गरी पुनःस्थापनाको कार्य समेत अगाडि बढाउने बताए ।
उक्त कार्यक्रममा सहकारीले समाजसेवी एवं दाहाल समाजका अध्यक्ष शिवप्रसाद दाहाललाई संस्थाले स्थापना गरेको खगेन्द्र स्मृति छात्रबृत्ति कोषमा ५१,००० रुपियाँ सहयोग गरेकोमा सम्मान पनि गरेको छ ।
यस साधारणसभाले नयाँ सञ्चालक समिति, लेखा समिति र ऋण लगानी उप–समिति समेत चयन गरेको छ ।
सो कार्यक्रमले ढुण्डिराज चालिसेको अध्यक्षतामा चौध जना सहितको नयाँ नेतृत्व चयन गरेको हो ।
२८ जना अपाङ्गता भएका व्यक्तिहरुको सक्रियतामा २०६५ साल माघमा यस सहकारीको स्थापना भएको थियो ।
सहकारीले सरसफाई कार्यक्रम, सदस्य शिक्षा कार्यक्रम र लगानीका कार्यक्रम संचालन गर्दै आएको छ ।
...
सोमबार २७ कात्तिक ०७४
प्रतिक्रिया