कहाँबाट अाउँछ बैंकलार्इ नाफा ? हेर्नुहाेस् २८ बैंककाे हिसाब किताब

निमार्ण सञ्चार, काठमाडौं । बैंकको क्यालेन्डर हेर्दा बैंकले बचत कर्ताको ब्याजमा २८ दिनको हिसाब गरेर दिन्छ । तर, बचत कर्ताले महिनाको ३० दिनकै लागि बचत गरेका हुन्छन् । बाँकी रहेको २ दिनको ब्याज बैंकले कहाँ लग्छन् नि ? बचत कर्तालाई सुविधा दिने नाममा ठग्दै आएका छन् ।

 नेपालमा सञ्चालनमा रहेको मुख्य २८ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको तीन महिनामा नै नौ अर्ब ८८ करोड ५५ लाख रुपियाँ नाफा कमाउन सफल भएका छन् ।

गत वर्षको साउन देखि असोजसम्म वाणिज्य बैंकले नौ अर्ब ५२ करोड ७७ लाख नाफामा मात्र सिमित रहनु परेको थियो । तर, यसलाई सुक्ष्म अध्ययन गर्दा धेरैजसो बैंकको नाफाको वृद्धिदर घटेको देखिन्छ ।

१२ वटा बैंकको नाफा गत वर्षभन्दा पनि कम छ । गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नाफा वृद्धि दर बढ्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, जनता बैंक, लक्ष्मी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, माछापुच्छ्रे बैंक र एनसीसी बैंक देखिन्छन् ।

त्यसैगरी गत आर्थिक वर्षको अनुपातमा नाफा वृद्धि दर घट्नेमा हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स् बैंक, बैंक अफ काठमाडौं, सिद्धार्थ बैंक, सनराइज बैंक, मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनबी बैंक, कृषि विकास बैंक र नेपाल बैंक देखिन्छन् ।

आर्थिक वर्ष २०७४/०७५ साउनदेखि असोज सम्ममा १२ वटा बैंकको नाफा गत वर्षभन्दा पनि कम देखिन्छ । बैंकको खर्च बढेपछि नाफा प्रभावित भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

बैंकको एकातिर पुँजी बढेको छ, अर्कोतिर खर्च पनि बढेको छ । तर, खर्च बढ्दा ऋणको ब्याजदर बढाउनुपर्नेमा उल्टै घटाउन दबाब पर्दा नाफा घटेको दाहालको तर्क छ ।

आजभोलि बैंकले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर आधार दरभन्दा पनि तल झरेर ऋण लगानी गरिरहेका छन् । राष्ट्र बैंकको आधार दर नीतिमा खर्च बढ्दा ब्याज बढाउने र घट्दा ब्याज पनि घटाउने स्पष्ट छ । 

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नेपाल बैंकले ९७ करोड १३ लाख रुपियाँ नाफा कमाएको छ । तर, चालु वर्षमा नेपाल बैंकले १ अर्ब १६ करोड ६० लाख मात्र नाफा कमाएको छ ।

नेपाल बैंकलाई पछि पार्दै दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक पर्न सफल भएको छ । चालु वर्षको साउनदेखि असोजसम्म ८९ करोड ५० लाख नाफा कमाउन सफल भएको छ ।

यो गत त्रैमासको तुलनामा २०.८९ प्रतिशतले बढी हो । नबिल बैंकले ८५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । एभरेस्ट बैंकको नाफा ३.५२ प्रतिशतले बढेर ५३ करोड १४ लाख पुगेको छ ।

...

बुधबार २९, कात्तिक ०७४

प्रतिक्रिया

Related