अख्तियारको फन्दामा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे

निमार्ण सञ्चार, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा गएको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । पौडेल र केसीको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलोमतो रहेको पत्ता लागेपछि पक्राउ गरिएको अख्तियार स्रोतले दाबी गरेको छ ।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बुझिएको छ ।

पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । .

..

बुधबार २९, कात्तिक ०७४

प्रतिक्रिया

Related