कति कति लगानी चीन र नेपालको पश्चिम सेतीमा ?

६ वर्ष सात महिनामा निर्माण सम्पन्न हुने गरी सम्झौता
निमार्ण सञ्चार, काठमाडौं । पश्चिम सेती सम्झौता नेपालको तर्फबाट विद्युत प्राधिकरण र चिनियाँ प्रबद्धन चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) बीच बिहीबार ज्वाइन्ट भेन्चर) सम्झौता भएको छ ।

२०१७ जनवरी १६ मा संयुक्त लगानीको मस्यौदा सम्झौतामा हस्ताक्षर गरेर सम्पर्कमा नआएको सीटीजीआई सरकारको बूढीगण्डकीको सम्झौता रद्द गरेपछि सम्पर्कमा आइ संयुक्त लगानीमा हस्ताक्षर गरेको हो ।

उक्त आयोजनाको नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सीटीजीआईका तर्फबाट निदेशक याओ फेक्सिओङले हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार बिहीबार भएको सम्झौतामा सीटीजीआईले सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेतीमा ७५ प्रतिशत र प्राधिकरणले २५ लगानी गर्ने उल्लेख गरिएको छ ।

६ वर्ष सात महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण सम्झौता भएको छ । यो आयोजनाको कुल लागत निर्माण एक अर्ब ८१ करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ८१ अर्ब रुपैयाँ) छ।

प्राधिकरणले आफ्नो सेयरबापतको स्वपुँजीको व्यवस्था सीटीजीआईले सहुलियत ऋणका लागि चिनियाँ एक्जिम बैंकलाई अनुरोध गर्ने भएको छ ।

सम्झौताअनुसार सीटीजीआईले आफ्नो मातहतमा रहने ७५ प्रतिशत सेयरमध्येबाट आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशतसम्म र त्यसबाट बाँकीमा स्थानीय नेपाली लगानीकर्तालाई १४ प्रतिशत सेयर दिन सक्नेछ ।

नेपालको मन्त्रिपरिषद्ले सन् २०१२ को २९ अगस्टमा सीटीजीआईलाई पश्चिम सेती निर्माण–सञ्चालन–हस्तान्तरण मोडलमा दिनेगरी अनुमोदन गरेको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सीटीजीआईले लगानी बोर्ड, ऊर्जा मन्त्रालयलाई ऊर्जा बजार, ऊर्जाको बिक्री मूल्य, स्थानीयलाई दिने शेयर, आयोजनाको जडित क्षमताजस्ता दर्जनौं मुद्दाबारे स्पष्ट हुन चाहेको भन्दै सम्झौता गर्न ढिलासुस्ती गर्दै आएको थियो ।

सरकारले यस्ता जिज्ञासाका लिखित रुपमा जवाफ दिएपनि तदारुकता देखाएको थिएन । तर, बूढीगण्डकी रद्द भएपछि आफ्ना मुद्दालाई पन्छाउँदै हस्ताक्षर हतारिएको थियो । सीटीजीआईले सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेतीमा ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने गरी हस्ताक्षर भएको छ । आयोजनाको कुल अनुमानित लागत एक खर्ब ८१ अर्ब रुपैयाँ छ।

पश्चिम सेती निर्माण भएपछि यसबाट वर्षको दुई अर्ब ८२ करोड ८० लाख युनिट बिजुली उत्पादन हुन्छ । पश्चिम सेती आयोजनाबाट उत्पादन हुने विद्युतकोे हिउँदमा ३५ र वर्षायाममा ६५ प्रतिशतको अनुपात छ ।

यो आयोजनाको लागि दुई सय सात मिटर अग्लो बाँध निर्माण गर्नुपर्ने हुन्छ । नेपाल सरकारको मातहतमा रहेको विद्युत् गृहदेखि बुटबलसम्मको (करिब पाँच सय किलोमिटर चार सय केभीको) प्रसारण लाइन नेसनल पावर ट्रान्समिसन कम्पनीले निर्माण गर्ने सहमति छ ।

प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने वित्तीय बन्दोबस्ती एक्जिम बैंकमार्फत सीटीजीआई चिनियाँ कम्पनीले गरिदिने भएको छ ।

तर, प्रसारण लाइन निर्माण गर्ने नेपाली कम्पनीले हालसम्म ११ केभीको लाइनसमेत निर्माण गर्न सकेको छैन ।

लगानी बोर्डले लगानी सम्झौता अनुमोदन गरेपछि मात्र यस आयोजनाबाट उत्पादित विद्युत खरिद सम्झौता (पीपीए), नेपाल सरकारसँग गरिने आयोजना विकास सम्झौता (पीडीए) र प्रसारण निर्माणसम्बन्धी सम्पूर्ण कुराको टुंगो लाग्नेछ ।

...

शुक्रबार १, मंसिर ०७४

प्रतिक्रिया

Related