भेन्टिलेटर खरिद गर्ने सरकारको तयारी

किन्न लागिएका १४ भेन्टिलेटर आवश्यकताअनुसार बाँडिने
निर्माण सञ्चार, काठमाडौं । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ ।

भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए । तर, अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । ‘यसपटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसके, विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने । एउटा भेन्टिलेटरको करोडौँ मुल्य पर्ने बताइन्छ ।

सरकारी तथा निजी अस्पतालमा हाल २ सय भेन्टिलेटर पनि छैनन् । खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्देशक डा. पन्तले जानकारी दिए ।

भेन्टिलेटरको प्रयोग विशेष गरी नवजात शिशुको उपचारमा हुने गर्छ ।

रासस

...


शनिबार, २ मंसिर, ०७४

प्रतिक्रिया

Related