स्काफको २७ औं ‘नेसनल कन्फरेन्स’— उद्घाटन गर्दै स्वर्णीम वाग्ले

आइतबार बिहान ९ बजे कार्यक्रम आरम्भ, पूर्वाधार विकासमा कन्सल्टेन्टको बढ्दो भूमिकाबारे २ ओटा सत्रमा विशेष बहस चल्ने
निर्मण सञ्चार, काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ) को २७ वार्षिक उत्सवको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले गर्ने भएका छन् ।

२ दिनसम्म चल्ने उक्त कन्फरेन्सको तयारी पूरा भएको बताउँदै स्काफ महासचिव कृष्ण सपाकोटाले पहिलो दिन मंसिर ३ गते आइतबार विहान ९ बजे उद्घाटन हुने र साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिए ।

होटेल याक एन्ड यतीमा हुने उक्त कार्यक्रममा दुई दिनसम्म विभिन्न विज्ञहरुद्वारा फरक फरक विषयमा कार्यपत्र प्रस्तुत हुने छन् भने कार्यपत्र माथि निर्माण जगत् र सरोकारवाला बीचमा खुला छलफल समेत हुने छ ।

भूकम्प पछिको पुनर्निर्माण र मुुलुकको राजनीतिक परिवर्तन पूरा गरिसकेको अबको परिस्थितिमा पूर्वाधार विकासद्वारा नै समृद्धि ल्याउन सकिने बहस चलिरहेकै छ ।

यतिबेला नेपाल निर्माण व्यवसायी महासंघ, इन्जिनियसयर्स एसोसिएसन र स्काफ जस्ता पायनिर अर्गनाइजेसन भित्र अबका दिनमा कन्सल्टिङ पक्षको भूमिका अझै बढ्दै गइरहेको बुझाइ छ ।

पूर्वाधार विकासका लागि निर्माण परामर्श सेवामा व्यावसायिक अवसर’ भन्ने ब्यानर मुनि हुने उक्त उत्सवको पहिलो दिनको टेक्निकल सेसनको अध्यक्षता डा शंकर प्रसाद शर्माले र सो सत्रमा ‘कि–नोट स्पिकर’का रुपमा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी रहेका छन् ।

त्यस्तै, सोही दिन सञ्चालन हुने दोस्रो सत्रको अध्यक्षता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्ने छन् भने स्काफका पूर्व अध्यक्ष केशव कुँवरले प्रमुख वक्ताका रुपमा रहने छन् ।

दुवै सत्रमा निर्माण उद्योग सम्बद्ध सरकारी, निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

संघीय संरचनामा नेपालको निर्माण र पूर्वाधार क्षेत्रबारे पनि सत्रहरुमा बहस हुने छ भने अन्तर्राष्ट्रिय स्तरका कन्सल्ट्यान्ट विज्ञहरुले समेत अनुभव सेयर गर्ने कार्यक्रम रहेको छ ।

स्काफ नेपालका लागि नेपाल सरकार भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाटै आधिकारिकता प्राप्त परामर्शदातृ अन्तर्राष्ट्रिय निकाय हो ।

यस्तो छ कार्यतालिका

 

सम्बन्धित समाचार
 

 

 

  

 

...

शनिबार, मंसिर २, २०७४

 

प्रतिक्रिया

Related