स्काफ २७ औं वर्ष गाँठ– कसरी बन्दै छ ऐतिहासिक ?

‘कन्स्ट्रक्सन–ब्रेन’ का रुपमा चिनिने कन्सल्टिङ इन्जिनियरिङ क्षेत्रले नेपालको पूर्वाधार निर्माण पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ
निर्माण सञ्चार, काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् नेपाल यतिबेला २७ औं वार्षिक उत्सव मनाइरहेको छ ।

मंसिर ३ र ४ गते हुने २७ औं वार्षिक उत्सवलाई ऐतिहासिक बनाउने खाका कोर्दै छ यतिबेला स्काफ । निजी क्षेत्रको विकास हेर्दा पनि नेपाल इन्जिनियर्स एसोसिएसनको जन्म विसं २०१९ सालमै भएको थियो ।

नेपालको निर्माण क्षेत्रका तीन प्रमुख निजी निकायहरु– नेपाल निर्माण व्यवसायी महासंघ, इन्जिनियर्स एसोसिएसन र स्काफ भने २५ वर्षदेखि ५५ वर्ष उमेरका पाका निकायका रुपमा स्थापित छन् ।

०४७ सालमा बहुदलीय प्रजातन्त्र आएसँगै स्थापना भयो स्काफको ।

विभिन्न परियोजनाबारे ड्रइङ, डिजाइन र त्यस अनुसारका लागत खाका समेत दिन सक्ने ‘कन्स्ट्रक्सन–ब्रेन’ का रुपमा चिनिने कन्सल्टिङ इन्जिनियरिङ क्षेत्रले नेपालको पूर्वाधार निर्माण पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

स्काफको स्थापना?

यस प्रश्नमा अध्यक्ष राजेश थापा सम्झन्छन्, ‘ईश्वरराज वन्त यसको संस्थापक अध्यक्ष हुन् । संस्थापक महासचिव हुन् वदनलाल निहाँछु ।

म (वर्तमान अध्यक्ष थापा) त्यतिबेला संस्थापक सहसचिवको भूमिकामा थिएँ ।’ अध्यक्ष थापा भन्छन, ‘मिलेर काम गरौं भनेर हामी जम्मा भएका थियौं । पञ्चायती कालमा संस्था खोल्न पाउन्नथ्यो । तर हामीलाई पेसगात समस्याहरु पर्ने हुँदा सहयोग र सुझाव माग्ने ठाउँमा पनि थिएन ।

हुन त इन्जिनिय एसोसिएसन थियो । तर, अन्तर्राष्ट्रिय प्राक्टिक्स हेर्दा पनि कन्सल्टिङ फर्महरुको पनि छुट्टै हैसियत र अस्तित्व थियो ।

अनि केही त गरौं न भन्ने सबै साथीहरुले सल्लाह गरेपछि स्काफलाई एउटा साझा फोरमका रुपमा अगाडि बढाउने काम गरेका थियौं ।’

काम गर्दै जाँदासमस्या आउने र पेसागत हक अधिकारको सुनिश्चितताका लागि पनि संगठित हुन आवश्यक परेको उनको अनुभव छ ।

अहिलेसम्मको यात्रा सम्झदै अध्यक्ष थापा भन्छन्, ‘तर, जे गरियो ठीक गरिएछ जस्तो लाग्छ । नेपाल सरकारको ‘ब्रेन’ का रुपमा केही न केही योगदान दिन त सकिए जस्तै लाग्छ । तर पर्याप्त छैन । अझै परिस्कृत हुन र अझै अघि बढ्ने कसरी भन्नेबारे आज हामी सोचिरहेका छौं ।’

पूर्व अध्यक्ष समेत रहेका इन्जिनियर केशव कुँवर स्काफको वर्तमान नेतृत्वले बनाएको योजना प्रति अत्यन्तै उत्साही छन् । उनी भन्छन्, ‘स्काफको यो वार्षिकोत्सव वास्तवमै ऐतिहासिक हुने छ ।

र, बनाउनु पनि पर्छ । किनकि हामीहरुले लामो समयदेखि भन्दै आएको ‘थ्री–सी’ बीचको सम्बन्ध र आयामहरु बारे गम्भीर छलफल हुने र नयाँ रुपबाट जाने कामको ‘इनिसिएसन’ लिएको छ स्काफले म अत्यन्तै खुसी पनि भएको छु ।’

निर्माण परामर्श सेवा: पूर्वाधार विकासका लागि व्यावसायिक अवसर’ भन्ने विषयमा दुई दिने अन्तर्राष्ट्रिय स्तरकै गोष्ठी गर्दै छ स्काफ ।

त्यसमा अन्तर्राष्ट्रिय स्तरका परामर्शदाताको अनुभव सेयरिङदेखि संघीय संरनामा निर्माण तथा परामर्शदातृ सेवाका सम्भावना, चुनौती र सहभागिताबारे विभिन्न सत्रमा छलफल हुने योजना स्काफ महासचिव कृष्ण सापकोटाले बताउँछन् एनइए अध्यक्ष हरेराम श्रेष्ठको नयाँ प्रस्ताव छ ।

उनी भन्छन्, ‘हामीले ‘थ्री–सी’ मात्रै भन्दै आयौं । तर, अब कानुनले पनि कम्युनिटी क्षेत्रलाई निर्माण कार्यमा अघि सारेको अवस्था छ । त्यो मात्र नभई कन्सल्टिङ सर्भिसमा कम्युनिटी क्षेत्र हामीसँग सहकार्य गरिरहेका पनि हुन्छन् । अब फोर–सीको उपस्थिति भएको मलाई महसुस हुन्छ ।’’

छलफलमा इआरएमसीका प्रमुख समेत रहेका स्काफ उपाध्यक्ष चौलागाईले निर्माण परामर्श क्षेत्रमा तीनओटा कुरा महत्त्वपूर्ण हुने बताए ।

पहिलो, कन्ट्रेक्ट मेनेज्मेन्ट र प्रशासनिक पाटो । दोस्रो, खरिद र खरिका पाटाहरु । तेस्रो, गुणस्तर निर्धारण र नियमन ।

निर्माण व्यवसायीका नेतृत्वको परामर्शदातृ नेतृत्वलाई सुझाव

निर्माण सञ्चारसँगको छलफलमा निर्माण व्यवसायी महासंघका भरखरै अध्यक्षको जिम्मेवारी लिएका अध्यक्ष विष्णुभाइ श्रेष्ठले स्काफको २७ औं वार्षिक समारोहको सफलताको शुभकामना व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले सरकारले कन्ट्रयाक्टर र कन्सल्ट्यान्टका बीचमा भने धेरै नै विभेद गरेको गुनासो गरेका छन् ।

उनी भन्छन्, ‘किनभने, सरकारले कुनै पनि परियोजनाको काम ढिलो भएमा निर्माण व्यवसायीलाई कारबाही गर्दै आएको छ तर परियोजनामा महत्त्वपूर्ण भूमिका खेल्ने कन्सल्ट्यान्ट पक्षबाट भएका ड्रइङ, डिजाइनका कमजोरीले आयोजनामा भएको लापरबाहीको किन कारबाही गरेको छैन ?’

अध्यक्ष श्रेष्ठको भनाइमा सरकारले आयोजना तथा परियोजनालाई प्राथमिकतामा राख्ने हो भने यी तीनै पक्षलाई जिम्मेवार बनाउन जरुरी छ ।

पढौं यो पनि–

स्काफको २७ औं ‘नेसनल कन्फरेन्स’— उद्घाटन गर्दै स्वर्णीम वाग्ले

उनले थपे, ‘निर्माण व्यवसायीलाई मात्रै लखेटिरहने तर अरुलाई उन्मुक्ति दिन मिल्छ र ?’

त्यस्तै, महासचिव रामशरण देउजाले पछिल्ला दिनमा निर्माण जगत्मा पनि नयाँ खाले बहस सुरु भएकाले अब परिवर्तनका लागि पहिलेदेखि भन्दै आएका ‘थ्री सी’ का बीचमा अब झनै पेचिलो बहस गर्ने बेला भएको बताए ।

उनले भने, ‘अबका दिनमा हामी बीचका यी तीन कम्पोनेन्ट सधैं एक स्थानमा हुने र जिम्मेवार हुने हो भने मुलुक बन्ने थियो । निर्माण क्षेत्रमा देखिएका विकृति पनि हटन्े थिए ।

सरकार र नेताहरुलाई गाली गर्ने दिन पनि अन्त्य हुने थिए कि !’ उनले निर्माणका कार्यमा निर्माण व्यवसायी भन्दा पनि अझ बढी जिम्मेवार कन्सल्ट्यान्ट कम्पनी बन्नु पर्ने बताए । ‘किनकि आयोजनाको सुरुवाती चरणको काम नै कन्सल्ट्यान्टबाट हुन्छ ।

आयोजनाको ड्रइङ, डिजाइन र इस्टिमेटले नै आयोजना कस्तो बन्दै छ भन्ने कुराको निर्धारण गर्छ । त्यसैले निर्माण व्यवसायीले राम्रो काम गरेनन् भन्ने जुन आरोप लागिरहेको छ त्यसको नियन्त्रणका लागि पनि कन्सल्ट्यान्ट जिम्मेवार हुन आवश्यक छ ।’

‘निर्माण व्यवसायीहरु बिलोमा गए जस्तै हिजोआज कन्सल्ट्यान्ट कम्पनी पनि बिलोमा जान थालेका छन्, जुन कुरा निर्माणका लागि घातक छ ।’

पूर्व वरिष्ठ उपाध्यक्ष रहेका रवि सिंह स्काफलाई आफ्नो भूमिका क्रियात्मक र गतिशील बनाउन सुझाव दिन्छन् ।

निर्माण क्षेत्रमा कन्सल्ट्यान्टको भूमिका दिनप्रति दिन कमजोर बन्दै गएको उनले औंल्याए । यसले गर्दा नै गुणस्तरीय निर्माण खस्केको उनको तर्क छ ।

तर, अन्तर्राष्ट्रिय अभ्यासमा परामर्शदातृ निकायलाई कानुनी दायरामा ल्याउने नजिरहरु कमै भएको परामर्शदातृ इन्जिनियरहरु बताउँछन् ।

निर्माण बिम्ब राष्ट्रिय मासिकमा प्रकाशित स्काफ विशेष आलेख

 

...

शनिबार, मंसिर २, २०७४

 

प्रतिक्रिया

Related