प्रकाश दाहलको निधनपछि सिएनआइद्वारा समवेदना प्रकट

निर्माण सञ्चार, काठमाडौँ | नेपाल उद्योग परिसंघ (सिएनआइ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।

विज्ञप्ति जारी गर्दै परिसंघले पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवालयका प्रमुख प्रकाश दाहालको आइतबार (मंसिर ३) गते अल्पायुमै निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेको छ ।

साथै दाहाल परिवार, ने.क.पा (माओवादी केन्द्र) र समकालीन राजनैतिक वृतमा अपुरणीय क्षति पुगेको बताइएको छ ।

परिसंघले यस दुखदः घडीमा मृतआत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

परिवारजनमा यस अपुरणीय क्षति सहन सक्ने क्षमता प्राप्त होस् भन्दै परिसंघले समवेदना प्रकट गरेको जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

...

 

आइतबार, ३ मंसिर ०७४

प्रतिक्रिया

Related